
काठमाडौं – अतिरिक्त समयमा मारियो माज्डुकिकले निर्णायक गोल गरेपछि इंग्ल्यान्डलाई २–१ ले हराउँदै क्रोएसियाले रसियामा जारी विश्वकपको फाइनलमा स्थान बनाएको छ । टोलीले विश्वकपको फाइनलमा स्थान बनाएको यो पहिलो पटक हो ।
बुधबार सम्पन्न खेलमा क्रोएसिया र इंग्ल्यान्डले ९० मिनेटसम्म १–१ गोलको बराबरी खेलेका थिए । इङल्यान्डलाई ट्रिपियरले खेलको ५ औं मिनेटमै अग्रता दिलाएका थिए । तर निकै आक्रामक देखिएको क्रोएसियाबाट खेलको ६८ औं मिनेटमा इभान पेरिसिकले बराबरी गोल फर्काए ।
अब, आइतबार नेपाली समयअनुसार ८ बजेर ४५ मिनेट जाँदा हुने फाइनल खेलमा क्रोएसियाले उपाधिका लागि फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ । सेमिफाइनलमा पराजित भएको इङल्यान्डले शनिबार नेपाली समयअनुसार ७ बजेर ४५ मिनेट जाँदा सुरु हुने तेस्रो स्थानको प्लेअफ खेलमा बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछ ।
No comments:
Post a Comment