राखेपद्वारा आठ राष्ट्रिय खेल संघको दर्ता खारेज - Terai Today

Breaking

A Multilingual News Blog.

Post Top Ad

Post Top Ad

Thursday, 12 July 2018

राखेपद्वारा आठ राष्ट्रिय खेल संघको दर्ता खारेज

राखेपद्वारा आठ राष्ट्रिय खेल संघको दर्ता खारेज
काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आठ राष्ट्रिय खेल संघको दर्ता खारेज गरेको छ ।
खेलकूद विकास ऐन, २०४८ र खेलकूद विकास नियम, २०४९ (संशोधित) सहित खेलकूद गतिविधि सञ्चालन, लेखा परीक्षण नवीकरण, निर्वाचन आदि कार्य नगरेका कारण ती संघलाई खारेज गरिएको हो ।
खारेजीमा परेका संघहरुमा नेपाल बाघचाल संघ, नेपाल बृज संघ, नेपाल सिन्जीनकाई कराते संघ, अखिल नेपाल विद्यालय खेलकुद संघ, गोर्खा एक्सन मार्सल आर्ट्स संघ नेपाल, नेपाल आसिहारा काईकान कराते डो संघ, एभिएसन स्पोर्ट्स एसोसिएसन नेपाल र नेपाल एमेच्योर किक बक्सिङ संघ छन् ।

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here