मोदीको चुनावी प्रचार अभियान बिहिबार शुरू हुने - Terai Today

Breaking

A Multilingual News Blog.

Post Top Ad

Post Top Ad

Wednesday, 27 March 2019

मोदीको चुनावी प्रचार अभियान बिहिबार शुरू हुने

जम्मु काश्मिर, भारत, १३ चैत : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबारदेखि चुनाव प्रचार अभियान सुरु गर्नुहुने भएकोछ । 


उहाँको अभियान जम्मु काश्मिरबाट सुरु हुने भारतीय जनता पार्टी (भाजपा)का महासचिव राम माधवले बुधबार जानकारी दिनुभयो । 

“प्रधानमन्त्री मोदीले बिहीबारदेखि चुनाव प्रचार अभियान सुरु गर्नुहुनेछ, र अभियानका लागि उहाँ जम्मु काश्मिरमा आउने कार्यक्रम रहेको छ,” राम माधवले भन्नुभयो । 

प्रधानमन्त्री मोदीले आफ्नो चुनावी अभियान जम्मु काश्मिरबाट सुरु गर्नुले पनि यस ठाँउप्रतिको मोदीको चासो प्रष्ट र पुष्टि हुने उहाँको भनाई छ । 

केही क्षेत्रीय पार्टीहरूले भने नगरपालिका र पञ्चायतको निर्वाचन भने बहिस्कार गर्ने घोषणा गरेका छन् । 

“ती पार्टीहरुले बहिस्कार गरेको निर्वाचन मार्फत् तल्लो तहबाट उनीहरु नेता चाहेका छैनन्, त्यसैले उनीहरुले बहिस्कार गरेका हुन्,” उहाँले भन्नुभयो । 

सन् २०१४ मा भएको निर्वाचनमा यस राज्यमा भाजपा विजयी भएको थियो । जम्मु, उदामपुर र लाडाख गरी तीन सिटमा विजयी भएको हो । 

अहिले जम्मु र काश्मिरमा लोक सभा निर्वाचनका लागि पाँच चरणमा मतदान हुन लागेको छ । अप्रिल ११ बाट सुरु भइ अप्रिल १८, २३, २९ र मे ६ का दिन मतदान हुने भएको छ । (रासस÷एएनआई)

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here