गोली लागेकी महिलाले बच्चा जन्माइन - Terai Today

Breaking

A Multilingual News Blog.

Post Top Ad

Post Top Ad

Sunday, 11 February 2018

गोली लागेकी महिलाले बच्चा जन्माइन

नयाँदिल्ली, माघ २८।
भारत स्वसाशित क्षेत्र काश्मिरमा गोली लागेर घाइते भएकी एक महिलाले घाइते अवस्थामै एक बालिकालाई जन्म दिएकी छिन्।


बन्दुकधारीहरुले गोली हाने पछि सैिनक अस्पतालमा भर्ना भएकी ती घाइते महिलाले शनिबार अस्पतालमै बालिका जन्माएको भारतको सैनिक स्रोतले जनाएको छ । पाराम्जीत कउर नाम गरेकी ती महिला र उनकी बालिकाको अवस्था अहिले राम्रो रहेको अधिकारीहरुले जानकारी दिएका छन ।

गर्भवती ती महिलालाई पछाड पट्टी तल्लो भागमा गोली लागेको थियो । घाइते भएपछि उनीलाई सेनाको हेलिकोप्टर मार्फत् तत्काल अस्पताल पुर्याइएको थियो । सन्जुवान सैन्य कार्यालयमा भारतीय सुरक्षाकर्मी र लडाकूहरुका बीचमा झडप हुँदा ती भर्ववती महिलालाई गोली लागेको थियो ।

ती महिलालाई अस्पतालमा तत्काल भर्ना गरेर बच्चा जन्माउनका लागि आवश्यक औषधिहरु दिइएको थियो । बच्चा जन्मिएपछि मात्र उनको चोटको उपचार सुरु गरिएको अरुपताल स्रोतले जानकारी दिएको छ ।

सो घटनामा परी तीन जना लडाकू र दुई जना भारतीय सुरक्षाकर्मीहरु मारिएका भारतीय सैन्य स्रोतले थप जानकारी दिएको छ । एके ५६ राईफल सहित विभिन्न विस्फोटक पदार्थ तथा हातहतियारहरु सरकारी सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएका छन् ।

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here