विश्व हिन्दु परिषद नेपाल ले सोमबार बिहान जनकपुरको जनकचोकमा फोरम नेपालका अध्यक्ष यादवको पुत्ला दहन गरेको छ ।
प्रदर्शनकारीहरुले हिन्दुविरोधी उपेन्द्र यादव मुर्दावाद, मुस्लिमलाई मुख्यमन्त्री बनाउन पाइँदैन जस्ता नारा लगाएर प्रदर्शन गरेका थिए । फोरम नेपाल र उसका अध्यक्ष उपेन्द्र यादवले प्रदेश नम्बर २ को मुख्यमन्त्री मुस्लिम धर्मका व्यक्तिलाई बनाउन लागेको भन्दै विश्व हिन्दु परिषदले यादवको पुत्ला जलाएको प्रदर्शनमा सहभागी त्ले बताए ।
फोरम नेपालले प्रदेश नम्बर २ को संसदीय दलको नेतामा पार्टीका राष्ट्रिय उपाध्यक्ष एवम् प्रदेश सांसद लालबाबु राउत गद्धीलाई चयन गरिसकेको छ । लालबाबु वीरगन्जका स्थायीबासिन्दा हुन् । उनी, पर्साको क्षेत्र नम्बर १ ख बाट प्रदेशसभा सांसदमा निर्वाचित भएका थिए ।
पुत्ला दहनको अगुवाइ गरेका विश्व हिन्दु परिषदको प्रदेश नम्बर २, जनकपुरका युवाहरूले प्रदेश नम्बर २ मा बहुसंख्यक हिन्दुमाथि कुठाराघात गर्दै फोरम नेपाल र यादवले मुस्लिम धर्मका मानिसलाई मुख्यमन्त्री बनाउने निर्णय गरेकाले विरोध प्रदर्शन गरिएको बताए ।
‘प्रदेश नम्बर २ हिन्दुहरुको बाहुल्य क्षेत्र हो, यहाँ मुख्यमन्त्री चलाउन सक्ने थुप्रै हिन्दुवादी नेता हुँदाहुँदै गैर–हिन्दुलाई ल्याएर हिन्दुमाथि शासन गराउने कुरा हामी मान्न सक्दैनौं’, ‘मधेस आन्दोलनमा एकजना मुस्लिम बाहेक बाँकी सबै ९५ जना हिन्दुहरुकै छोराहरु सहिद भएका छन्, तर अहिले यादवले हिन्दुमाथि अन्याय गर्दैछन्, यदि यादवले हिन्दु विरोधी गतिविधी सच्याएनन् भने उनी र उनको पार्टीबिरुद्ध हामी सशक्त आन्दोलनमा गर्छौँ । फागुन २ गते मुख्यमन्त्रीको नियुक्ति हुन्छ भन्ने सुनेका छौँ, त्यो दिन प्रदर्शन गर्छौ ।’
यसअघि गत शुक्रबार रिपोटर्स क्लब काठमाडौँमा पत्रकार सम्मेलन गरेर विश्व हिन्दु परिषदले प्रदेश २ मा मुस्लिम धर्मावालम्बीलाई मुख्यमन्त्री बनाइए कडा आन्दोलन गर्ने चेतावनी दिएको थियो ।
No comments:
Post a Comment