काठमाडौं ९ फागुन ।
हिन्दू स्वयंसेवक संघ नेपालले आज राजधानीमा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा सम्पन्न गरेको छ । नेपाको धर्म, संस्कृति, भाषा लगायत नेपालको समसामयिक समग्र विषयको ज्ञान अभिवृद्धि गराउने उद्देश्य स्वरूप प्रस्तुत कार्यक्रम आयोजना गरिएको हाे । डा रामकृष्ण तिमल्सिनाको संयोजकत्वमा उक्त कार्यक्रममा सम्पन्न भएको थियो । उपत्यककाका ५१३ विद्यालययका ९ हजार भन्दा बढी विद्यार्थी सहभागी रहेको उक्त कार्यक्रममा ओरिन कलेजका उद्धव क्षेत्री प्रथम, तरुण माविका अभिषेक भुजेल द्वितीय र विश्वनिकेतनकी साधना घिमिरेले तृतीय स्थान प्राप्त गरेका छन् । प्रथम हुनेले रु पचास हजार पुरस्कार प्राप्त गरेका छन् ।
उक्त कार्यक्रममा विभिन्न महानुभावले मन्तव्य राख्नुका साथै विभिन्न द्यिालयले साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए ।
नयाँ पुस्तालाई नेपालको धर्म संस्कृति, भूगोल, इतिहास आदिका बारेमा जानकारी गराउने कार्यक्रममको मुख्य उद्देश्य रहेको कुरा उक्त कार्यक्रम संचालक एवं हिन्दू स्वयंसेवक संघ नेपालका राष्ट्रिय बौद्धिक प्रमुख केशव कोइरालाले जानकारी दिनुभयो ।
पचासवटा बहुवैकल्पिक प्रश्न सोधिने उक्त कार्यक्रमको नतिजा पनि केही घण्टामै तत्काल सार्वजनिक गरिएको थियो । स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा हरेक वर्ष यसै समयमा देशव्यापी रूपमा हुँदै आएको छ ।
No comments:
Post a Comment