आचार्य प्राथमिक वर्ग सम्पन्न - Terai Today

Breaking

A Multilingual News Blog.

Post Top Ad

Post Top Ad

Friday, 2 March 2018

आचार्य प्राथमिक वर्ग सम्पन्न

काठमाण्डौ । जनकल्याण प्रतिष्ठान नेपाल एकल विद्यालय अभियानको आचार्य प्रशिक्षण वर्ग सम्पन्न भएको छ । प्रतिष्ठानले नयाँ आचार्यहरूकोलागि ३ दिने प्राथमिक वर्ग संचालन गरेको छ । सो प्राथमिक वर्गमा आचार्यहरूलाई एकल विद्यालमा पठाईने विषय एवं सम्पूर्ण गतिविधिको जानकारी सहितको प्रशिक्षण दिने गरिन्छ । प्रतिष्ठानले देशका अगल–अलग क्षेत्रहरूमा सो प्राथमिक वर्ग आयोजना गर्दै आइरहेको छ । प्राथमिक वर्ग संचालनको लागि आवश्यक स्रोत साधनहरू स्थानीय स्तरबाट समेत संकलन गर्ने गरिन्छ ।



फाल्गुण १५ गते देखि १८ गते सम्म काठमाण्डौ बसुन्धारा स्थित एकल भवनमा आचार्य प्रशिक्षण वर्ग आयोजना गरिएको थियो । वर्गको उद्घाटन समारोहमा प्रतिष्ठानका महासचिव श्री महावीर घिराईया तथा उपाध्यक्ष श्री टिका बहादुर पहारी लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । वर्गमा सह–अभियान प्रमुख श्री अमरेन्द्र ठाकुर, केन्द्रिय प्रशिक्षण टोली सदस्य सुश्री रितु लामा, अंचल प्रमुख सुश्री बिमला थपलिया, मूल्यांकन प्रमुख श्रीमती सिर्जना पाण्डे, प्रशिक्षण प्रमुख श्री सोमनाथ पौडेल, काभ्रे, काठमाण्डौ, धादिङ्ग तथा नुवाकोट जिल्लाका एवं संच प्रमुखहरु समेतको उपस्थिति रहेको थियो । 



शुक्रबार आयोजित वर्ग समापन सत्रमा विशिष्ट अतिथि तथा विश्व हिन्दू परिषद नेपालका आमन्त्रित सदस्य श्री खेमनाथ आचार्यले संस्कारयुक्त शिक्षा राष्ट्र निर्माणको मुख्य तत्व रहेको बताउनु भएको थियो । कार्यक्रमका मुख्य अतिथि श्री अमरेन्द्र ठाकुरले प्रतिष्ठानका गतिविधिहरुबारे अवगत गराउनु भएको थियो । साथै एकल समाचार मासिक पत्रिकाका सम्पादक राजाराम दासले संगठनमा संचारको महत्वबारे जानकारी गराउनु भएको थियो ।

वर्गमा काभ्रे, काठमाण्डौ, धादिङ्ग तथा नुवाकोट जिल्लाबाट समेत गरि ३० जना प्रशिक्षार्थीहरूको उपस्थित रहेको थियो ।

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here