जनजाती कल्याण आश्रमको बार्षिक उत्सव मनाईयो - Terai Today

Breaking

A Multilingual News Blog.

Post Top Ad

Post Top Ad

Saturday, 6 January 2018

जनजाती कल्याण आश्रमको बार्षिक उत्सव मनाईयो

पौष २२, काठमाण्डौ । जनजाती कल्याण आश्रमद्वारा संचालित आमाको माया छात्रावासको बार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ । काठमाण्डौ, कमलपोखरी स्थित अग्रवाल सेवा केन्द्रमा आयोजित बार्षिक उत्सव कार्यक्रमका प्रमुख अतिथि भारतीय सिने जगतका बरिष्ठ कलाकार गजेन्द्र चौहान रहनु भएको थियो । कार्यक्रममा आश्रमका केन्द्रिय समितिका पदाधिकारी, संघका क्षेत्रीय प्रचारक शिवनारायण जी, राष्ट्रिय प्रचारक वेद प्रकाश जी, सह–राष्ट्रिय प्रचारक रेवित कुमार जी, राष्ट्रिय संघचालक श्री हेमशर्मा आचार्य, कार्यवाह श्री कल्याण तिम्सिना तथा संघ अन्तर्गतका अनुसांघिक संगठनका प्रमुखहरु लगायत स्थानीय सहयोगीहरु समेतको उपस्थिति रहेको थियो ।


कार्यक्रममा बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आश्रमका संगठन सचिव श्री प्रम थुलुङ्गले देशभर १० ओटा छात्रावास संचालनमा रहेको, जम्मा २५० जना विद्यार्थीहरुको पठन–पाठन गराईदै आएको, खेलकुद केन्द्र, १०० ओटा श्रद्धाजागरण केन्द्र तथा १०० भन्दा बढि एकल विद्यालय समेत संचालन गर्दै आएको बताउनु भएको थियो । 


आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि एवं बरिष्ट कलाकार गजेन्द्र चौहानले धर्म परिवर्तन राष्ट्र तथा व्यक्ति स्वंयमको लागि समेत घातक भएकोले धर्म परिवर्तन गर्नु गराउन अक्षम्य अपराध रहेको बताउनु भयो ।


कार्यक्रममा छात्रावासमा अध्ययनरत विद्यार्थीहरुले साँस्कृतिक प्रस्तुतिहरु देखाएका थिए । साथै कार्यक्रम अवधिभर नयाँ सहयोगीहरुले सहयोगका लागि प्रतिवद्धता समेत जनाउनु भएको थियो ।

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here