काठमाडौँ । जनकल्याण प्रतिष्ठानद्वारा संचालित एकल विद्यालय अभियानले देश व्यापी संच स्तरिय वन बिहार कार्यक्रम सम्पन्न गरेको छ । अभियानको बार्षिक कार्यक्रम अन्तर्गतको यस वन बिहार कार्यक्रमका लागि मंसिर एवं पौष महिना छुट्याईएको हुन्छ । कार्यक्रममा देशभरका सम्पूर्ण एकल विद्यालयहरुका विद्यार्थी, संच समितिका पदाधिकारी एवं पूर्णकालिक कार्यकर्ताहरुको सहभागिता रहने गर्दछ ।
कार्यक्रम विशेष महत्व बोकेका स्थल केन्द्रित रहने गर्दछ । कार्यक्रममा बाल गीत, हाजिरी जवाफ प्रतियोगिता, खेल, नृत्य, योग आसन जस्ता क्रियाकलापहरु गराईन्छ ।
यसै बिच सिरहा जिल्लाको भगवानपुर संचले वन बिहार कार्यक्रम सम्पन्न गरेको छ । उक्त संच अन्तर्गतका १० ओटै विद्यालयको सहभागितामा भगवानपुरको प्रसिद्ध एवं बिशेष महत्व बोकेको सिनौरिया गाछीमा कार्यक्रम गरिएको हो । कार्यक्रममा श्री श्री १०८ श्री महन्थ दुःखी दास जी, जिल्ला अध्यक्ष श्री योगेन्द्र प्रसाद यादव एवं पतञ्जली योगपीठका योग गुरु श्री बैजनाथ यादव जी सहित पूर्वभाग गतिविधि प्रमुख श्री महाविर महतो, अंचल प्रमुख श्रीमती हरिहर चौधरी, मूल्यांकन प्रमुख श्री नमेश्वर साफी तथा संच प्रमुख श्री लक्ष्मण राय लगायतका महानुभावहरुको विशेष उपस्थिति रहेको थियो ।
No comments:
Post a Comment