पौष १९, काठमाण्डौ । जनकल्याण प्रतिष्ठान नेपाल, नगर महिला समिति काठमाण्डौद्वारा स्नेह मिलन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम काठमाण्डौ, बसुन्धरा स्थित एकल भवन आयोजना गरिएको थियो ।
कार्यक्रममा नगर महिला समिति काठमाण्डौका तर्फबाट समिति अध्यक्ष श्रीमती बिमला बागडिया, सचिव श्रीमती सुनिता अग्रवाल, सहित श्रीमती अनुराधा घिराईया, श्रीमती बबिता अग्रवाल, सबिता घिराईया, सुलोचना पोद्धार, अनुराधा अग्रवाल, संगिता अग्रवाल, सरिता मित्तल, समेतको उपस्थिति रहेको थियो त्यस्तै एकल विद्यालय अभियानका तर्फबाट अभियान प्रमुख श्री बिरेन्द्र बुढाथोकी, बागमती अध्यक्ष श्री महेश मोदी, अंचल सदस्य श्री श्यामलाल सरावगी, केन्द्रिय प्रशिक्षण टोली सदस्य सुश्री रितु लामा, मध्यभाग नगर महिला प्रमुख श्रीमती सरोज पंडित, बागमती अंचल प्रमुख सुश्री बिमला थपलिया, मूल्यांकन प्रमुख श्रीमती सिर्जना पाण्डे, जिल्ला प्रमुख श्रीमती रिता उप्रेती सहित बागमतीका सम्पूर्ण संच प्रमुखहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा मनतव्य राख्दै श्री विरेन्द्र बुढाथोकीले एकल विद्यालय अभियान विस्तारमा नगर महिला समितिको योगदान धेरै नै प्रभावकारी एवं प्रसंसनिय रहेको भन्दै नगर महिला समितिले गाउँ र शहरलाई जोडने सेतुको काम गरिरहेको बताउनु भयो ।
नगर महिला समितिले हाल देशभर करिब १७०० सेवा पात्रको माध्यमले एकल विद्यालय अभियानका लागि धनराशी संकलन गर्दै आईरहेको छ । नगर महिला समितिद्वारा यस अभियानलाई माँ यशोदा योजनाको नामले चिनिन्छ ।
कार्यक्रमको अन्त्यमा नगर महिला समितिको सौजन्यमा कार्यकर्ताहरुलाई उपहार वितरण गरिएको थियो ।
No comments:
Post a Comment