मनोहरा खोला नजिकै ट्याक्सीभित्र शव भेटिएपछि हंगामा - Terai Today

Breaking

A Multilingual News Blog.

Post Top Ad

Post Top Ad

Wednesday, 8 November 2017

मनोहरा खोला नजिकै ट्याक्सीभित्र शव भेटिएपछि हंगामा


भक्तपुर– भक्तपुरको मनोहरा खोला नजिकै रोकि राखेको एक ट्याक्सी भित्र शव फेला परेको छ । बा १ ज १०४० नम्वरको ट्याक्सीभित्र अन्दाजी ३० वर्षीय पुरुषको शव फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी मिरा राणाले जानकारी दिइन् । 

शव सर्लाही घर भएका यज्ञबहादुर खड्का भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । एकान्तमा ढुंगा तथा इँटाले टाउको र मुखमा हानेर मुख चिन्नै नसक्ने अवस्थामा हत्या गरेको पाइएको जानकारी समेत उनले दिए । 

प्रहरीले घटनास्थललाई घेराबन्दीमा राखेर अनुसन्धान शुरु गरेको छ । भक्तपुर प्रहरी, अपराध अनुसन्धान महाशाखाको विशेष टोलीसहितले अनुसन्धान शुरु गरेको हो ।
ratopati.com मा खबर छ 

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here