जनकपुरधाम । जनकल्याण प्रतिष्ठान नेपाल, नगर महिला समिति जनकपुरद्वारा स्नेह मिलन कार्यक्रम सम्पन्न भएकोे छ । कार्यक्रम जनकपुर, महावीरचौक स्थिति माडवाडी सेवा समितिमा कार्तिक २४ गते अपरान्ह ४ बजे देखि आयोजना गरिएको थियो ।
नगर महिला समिति जनकपुरकी अध्यक्ष श्रीमती सुधा केजरिवालको अध्यक्षता रहेको सो कार्यक्रममा प्रमुख अतिथि एकल अभियानका राष्ट्रिय अभियान प्रमुख विरेन्द्र बुढाथोकी, विशिष्ट अतिथि मारवाडी सेवा समिति जनकपुरका अध्यक्ष ललित बजाज, अतिथहरु मा.से.स.जनकपुरका कोषाध्यक्ष पवन केजरिवाल, ललित बजाज, मा.से.स.महिला मंच जनकपुरकी अध्यक्ष श्रीमती बविता सर्राफ, नगरमहिला समिति सदस्य श्रीमती ललिता रूङ्गटा, जनकपुर अंचल नगर महिला प्रमुख श्रीमती रंगिना यादव, पूर्व भाग नगर महिला प्रमुख श्रीमती सुनिता ठाकुर लगायत एकल अभियानका पूर्णकालिक कृष्ण राउत, अमरेन्द्र ठाकुर, कुशेश्वर यादव, राम जनम राय यादव, विन्देश्वर पंडित एवं स्थानीय कार्यकर्ता, समिति पदाधिकारीहरु समेत गरि करिब पाँच दर्जनको सहभागिता रहेको थियो ।
कार्यक्रमको संचालन पूर्व भाग नगर महिला प्रमुख श्रीमती सुनिता ठाकुरले गर्नुभएको थियो । कार्यक्रमा एकल अभियानका जनकपुर अंचल अध्यक्ष तथा समाजसेवी विजय झुनझुनबालाले स्वागत मनतव्य राख्नु भएको थियो ।
कार्यक्रममा मनतव्य राख्दै अभियान प्रमुख विरेन्द्र बुढाथोकीले एकल विद्यालय अभियान विस्तारमा नगर महिला समितिको योगदान धेरै नै प्रभावकारी एवं प्रसंसनिय रहेको भन्दै नगर महिला समितिले गाउँ र शहरलाई जोडने सेतुको काम गरिरहेको बताउनु भयो ।
नगर महिला समितिले हाल देशभर करिब १७०० सेवा पात्रको माध्यमले एकल विद्यालय अभियानका लागि धनराशी संकलन गर्दै आईरहेको छ । नगर महिला समितिद्वारा यस अभियानलाई माँ यशोदा योजनाको नामले चिनिन्छ ।
मनतव्य कै क्रममा आफ्नो विचार राख्दै श्रीमती सुधा केजरिवालले नगर महिला समितिको गठन हरेक स्तरमा पु¥याउनु पर्दछ । साथै महिला समितिलाई थप प्रभावकारी बनाउन बन यात्रामा सहभागी भई अगाडी बढनु पर्ने बताउनु भयो । राष्ट्र, धर्म समाजको लागि केहि गर्ने पवित्र उदेश्यका साथ सँचालित यस एकल विद्यालय अभियानलाई सफल बनाउन हरेक क्षेत्रले तन, मन र धनले सहयोग गर्न अपिल समेत गर्नु भयो ।
No comments:
Post a Comment