प्रचण्डलाई समवेदना दिन बाबुराम भट्टराई गोरखाबाट काठमाडौं फर्किँदै - Terai Today

Breaking

A Multilingual News Blog.

Post Top Ad

Post Top Ad

Sunday, 19 November 2017

प्रचण्डलाई समवेदना दिन बाबुराम भट्टराई गोरखाबाट काठमाडौं फर्किँदै

काठमाडौं : गोरखामा क्षेत्र नम्बर २ मा चुनावी प्रचारमा रहेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई काठमाडौं फर्कने तयारीमा छन्। पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाशको निधनको खबर पाएपछि भट्टराई श्रद्धाञ्जलि तथा प्रचण्ड परिवारलाई समवेदना दिन काठमाडौं फर्किन लागेका हुन्।


माओवादी परित्याग गरिसकेका भट्टराईविरुद्ध प्रचण्ड र नेकपा एमालेका केपी शर्मा ओलीले गोरखामा संयुक्त सभा आयोजना गरेका थिए। जनयुद्धका सहयात्री भएका नाताले पनि भट्टराई श्रद्धाञ्जलिका लागि काठमाडौं आउने तयारीमा रहेका हुन्। 

बाबुरामका सहयोगी रमेश भट्टराईले दिएको जानकारी अनुसार अन्त्यस्टिको समय तय भएपछि कसरी सकिन्छ काठमाडौं पुग्ने तयारी भइरहेको हो। बाबुराम अहिले गोरखाको हर्मीमा चुनावी प्रचारमा छन्। त्यहाँबाट गोरखा सदरमुकाम पुग्न ३ घन्टा समय लाग्छ। भ्याएमा गाडीमा, नभ्याउने भए हेलिकप्टरमै भए पनि भट्टराई काठमाडौं फर्कने तयारीमा छन्।

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here