काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको आईतबार बिहान निधन भएको छ । छोरा प्रकाश दाहालको हृदयघातका कारण निधन भए पछि केही बेर अघि हेलिकप्टरमार्फत झापाबाट काठमाडौँ उडिसकेका छन् ।
‘प्रचण्ड’ बल्खुस्थित बयोधा अस्तालको हेलिप्याडमा अवतरण गरेर त्यहाँबाट थापाथली स्थित नर्भिक अस्पताल आउने भएका छन्।
चुनावी प्रचारका क्रममा झापामा रहेका प्रचण्ड छोराको निधन भए १५ मिनेट अघि झापाबाट काठमाडौँ प्रस्थान गरेका हुन्। प्रचण्ड हेलिकप्टरमार्फत बल्खुमा ओर्लने भए पछि बल्खुदेखि थापाथलीसम्मको सडक खाली बनाउन थालिएको जानकारी प्राप्त भएको छ।
प्रचण्ड छोरी–ज्वाई सहित गरि पाँच परिवार सहित काठमाडौँ आएको बताइएको छ। काठमाडौँ आउनु अघि प्रचण्डलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि दुःख व्यक्त गरेका थिए।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको निधन भएपछि नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई काठमाडौं आउने भएका छन्।
प्रकाश दाहालको असमायिक निधनको खबरले स्तब्ध भएको भन्दै उनले आफ्नो चुनावी प्रचार छाडी काठमाडौं फर्कन लागेका जनाएका छन्।
चुनावी प्रचारका लागि गोरखामा रहेका भट्टराई अन्तिम श्रदाञ्जली दिन काठमाडौं आउने भएका हुन्।
पति प्रकाश दाहालको निधनको खबरसँगै उनकी पत्नी बिना मगर छोरासहित काठमडौं उडेकी छन्। कञ्चनपुर क्षेत्र नम्बर १ मा बाम गठबन्धनबाट प्रतिनिधि सभाका उम्मेदवारसमेत रहेकी मगर धनगढीबाट काठमाडौंका लागि उडेकी हुन्। उनी तीन वर्षीय छोरासहित काठमाडौं आउँदैछन्। प्रकाश दाहाल निधनको खबरसँगै मगरलाई कञ्चनपुरबाट प्रहरीले विमानस्थल पुर्याएको थियो।
No comments:
Post a Comment