विहिप नेपालको पत्रकार सम्मान कार्यक्रम सम्पन्न - Terai Today

Breaking

A Multilingual News Blog.

Post Top Ad

Post Top Ad

Saturday, 14 October 2017

विहिप नेपालको पत्रकार सम्मान कार्यक्रम सम्पन्न

काठमाण्डौ । विश्व हिन्दू परिषद नेपालले पत्रकार सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आश्विन २८ गते शनिबार काठमाण्डौ, बसुन्धारा स्थित परिषद राष्ट्रिय कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथी नेपाल पत्रकार महासंघका उपाध्यक्ष श्री दिलिप थापा मगर, विश्व हिन्दू परिषदका राष्ट्रिय
अध्यक्ष श्री टिका बहादुर पहारी, महासचिव श्री उद्धव कुमार घिमिरे लगायत जनकल्याण प्रतिष्ठान नेपालका सचिव श्री महावीर घिरैया परिषदका पूर्णकालिक कार्यकर्ताहरु सहित करिब दुई दर्जन भन्दा बढि सञ्चार माध्यममा आवद्ध पत्रकार बन्धुहरु समेतको उपस्थिति रहेको थियो । 


परिषदले आयोजना गरेको पत्रकार सम्मान कार्यक्रममा हिमालयन टाइम्स दैनिक पत्रिकाका फोटो पत्रकार श्री नवराज श्रेष्ठ, थाहा खबर डटकमका पत्रकार श्री दिपक केसी, राससका रिपोर्टर श्री अच्युत रेग्मी, नयाँ पत्रिका दैनिकका फोटो पत्रकार श्री चन्द्रकला क्षेत्री, मिडिया एनपी अनलाईन पत्रिकाका फोटो पत्रकार श्री खिलराज बिमली लगायत १७ जना सञ्चारकर्मीहरुलाई सम्मान गरिएको हो । 


कार्यक्रममा प्रमुख अतिथि श्री दिलिप थापा मगरले आफ्नो मन्तव्य राख्दै सञ्चारकर्मीले सदैव निश्पक्ष रही राष्ट्रहीत प्रति प्रतिवद्ध रही कार्य गर्नु पर्ने बताउनु भयो । 


कार्यक्रममा मन्तव्य कै क्रममा विहिप का नेपाल प्रभारी श्री स्नेहपाल सिंहले सञ्चारकर्मी राष्ट्रको चौथो अंकमात्र न भई राष्ट्रलाई सही दिशा निर्देश गर्ने संयन्त्र समेत रहेकाले सदैव निश्पक्ष रही कार्यरत रहनु पर्नेमा जोड दिनु भएको थियो । 

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here