आगामी चुनावका लागि म्यादी प्रहरी भर्ना शुरू - Terai Today

Breaking

A Multilingual News Blog.

Post Top Ad

Post Top Ad

Wednesday, 11 October 2017

आगामी चुनावका लागि म्यादी प्रहरी भर्ना शुरू

काठमाण्डौ-आगामि मङसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि म‌ंगलबारदेखि म्यादी प्रहरी भर्ना सुरु भएको छ। मंसिर १० र २१ गते हुने चुनावका लागि सुरक्षा प्रदान गर्न नेपाल प्रहरीको मानव स्रोत विकास विभागले ९८ हजार २६८ म्यादी प्रहरीको लागि भर्ना खोलेको हो।

इच्छुक र योग्यता पुगेका व्यक्तिले यही ३० गतेसम्म आवेदन दिन सक्ने प्रहरी प्रधान कार्यालयले जानकारि दिएको छ। नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुरदार नठहरिएको, राजनीतिक दलको सदस्य नरहेको, शारीरिक तथा मानसिक रुपले तन्दुरुस्त र साधारण लेखपढ गर्न सक्ने १८ वर्ष पुगेको र ५४ बर्ष ननाघेको नेपाली नागरिकले आवेदन दिन सक्नेछन्।


म्यादीमा भर्ना हुन चाहनेले तोकिएको अवधिमा बिहान १० देखि बेलुकी ५ बजेसम्म दरखास्त बुझाउन सकिने सूचनामा उल्लेख छ। उपत्यकाका हकमा प्रहरी परिसरहरु काठमाडौं, भक्तपुर र ललितपुरमा दरखास्त बुझाउन सकिने छ भने नवलपरासी र रकुमको हकमा साविकको जिल्ला प्रहरी कार्यालयहरु रुकुम, नवलपरासीमा तोकिएको छ। ५५ दिनका लागि नियुक्त गरिने उनीहरुले आधारभूत तलब १७ हजार २ सय ३० रुपैयाँका दरले ५५ दिनका लागि पारिश्रमिक, राशन र स्थानीय भत्ता पाउने व्यवस्था छ।

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here