वाईफाईको स्पीड कम हुनुको कारण - Terai Today

Breaking

A Multilingual News Blog.

Post Top Ad

Post Top Ad

Thursday, 26 October 2017

वाईफाईको स्पीड कम हुनुको कारण

वाईफाई चलाउँदा स्पीड कम भएमा प्रयोगकर्तालाई निकै असहजता हुने गर्छ। वाईफाईको स्पीडमा धेरै कुराले असर गर्छ। स-साना कुरामा ध्यान दिइएन भने वाईफाईको स्पीड के कति कारणले कम भएको हो हामीलाई थाहा नै हुदैन। जानौ कसरी हुन सक्छ वाईफाईको स्पीडमा कमीः


माइक्रोवेभ ओभन:
माइक्रोवेभ ओभन २.४५ जीएएचजेड फ्रिक्वेन्सीमा काम गर्छ। वाईफाईको फ्रिक्वेन्सी २.४ जीएएचजेड हुन्छ। यस्तो अवस्थामा दुवैको फ्रिक्वेन्सी ओभरल्याप हुने सम्भावना बढी हुन्छ। यसले गर्दा वाईफाईको स्पीडमा कमी आउछ। यी दुवै उपकरणको प्रयोग एक साथ नगर्नु नै उपयुक्त हुन्छ।

एलइडी लाइट:
एलइडी लाइटमा फ्ल्याशिङ चिपको प्रयोग गरिएको हुन्छ जसले इलेक्ट्रोम्याग्नेटिक फिल्ड उत्पन्न गर्छ। यसले गर्दा वाईफाई सिग्नलमा असर गर्छ। यस कारणले गर्दा राउटर र एलइडी लाइट टाढा राख्ने।

लेटेस्ट हार्डवेयर प्रविधिको प्रयोग नगर्नु:
राम्रो स्पीडको लागि लेटेस्ट हार्डवेयर प्रविधिको प्रयोग एकदमै जरुरी छ। राम्रो क्वालिटीको राउटरको प्रयोगका साथै उक्त राउटर कम्प्युटर सफ्टवेयरसँग मेल खानु पनि जरुरी हुन्छ।

कन्क्रिट वा धातुमा राउटर राख्नु:
कन्क्रिट वा धातुले वाईफाईको तरङ्गलाई ब्लक गर्छ। त्यसैले यस्तो स्थानमा नराख्नु नै राम्रो हुन्छ।

वाईफाईको पासवर्ड कमजोर हुनु:
वाईफाईको पासवर्ड कमजोर भएमा ह्याक हुने सम्भावना बढी हुन्छ। यसले गर्दा पनि स्पीड कम हुन्छ।

डाउनलोड क्षमता:
वाईफाई नेटर्वकमा धेरै साइज भएको फाइल डाउनलोड र अनलाई गेमीङ जस्ता कार्य एकसाथ गरेका स्पीडमा कमी आउँछ। त्यस्तै नेटर्वकमा बढी भार हुने काम एकैसाथ नगर्ने।

राउटरको सफ्टवेयर:
राउटर पुरानो भएको खण्डमा सफ्टवेयर अपडेट गर्ने। यसो गरेमा इन्टरनेट कनेक्सनमा देखिएका समस्या केही हदसम्म ठीक हुन्छन्।

इन्टरनेट सेवा प्रदायकको छनोट:
इन्टरनेट कनेक्सन लिनु पूर्व सेवा प्रदायक कम्पनीका बारेमा सम्पूर्ण जानकारी लिने। कम्पनीले के कस्तो सेवा दिइरेहको छ भनी सबै जानकारी लिएर आफ्नो चित्त बुझेमा मात्र कनेक्शन लिने।

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here