इसाईको हात वाम गठबन्धनको साथ - Terai Today

Breaking

A Multilingual News Blog.

Post Top Ad

Post Top Ad

Thursday, 26 October 2017

इसाईको हात वाम गठबन्धनको साथ

नेपालमा खुल्ला रुप मै बहुसंख्यक हिन्दू एवं अन्य धर्माबलम्बि नेपालीहरुलाई सैतान एवं पापीको संज्ञा दिदैँ धर्मान्तरण जस्तो घृणित एवं राष्ट्रद्रोही कार्यमा लिप्त राष्ट्रिय इसाई एकता केन्द्र नेपालले आफ्नो समर्थन वाम गठबन्धनलाई दिएको   छ । एकता केन्द्रका पूर्व महासचिव राम प्रसाद न्यौपानेको हस्ताक्षर रहेको अपिल पत्र सामाजिक संजालहरुमा चर्चामा रहेको छ । 

source : social media

पत्रमा देश भरिकै इसाईहरुलाई आगामी चुनावमा वाम गठबन्धनलाई मतदान गर्न अपिल गरिएको छ । पत्रमा स्पष्ट रुपमा वाम गठबन्धन अन्तर्गतका एमाले एवं माओवादी पार्टीलाई मतदान गर्न नेपालमा रहेका सम्पूर्ण इसाई तथा चर्चका पास्टरहरुलाई अपिल गरिएको छ ।
यस पूर्व हाल वाम गठबन्धनमा रहेका दलका कयौँ शिर्षस्थ नेता खुल्ला रुपमै इसाईको प्रचार प्रसारमा लागेको खबर सञ्चार माध्यमहरुमा आएको थियो । सञ्चार माध्यमका अनुसार केही महिना पूर्व नेकपा एमालेका महासचिव ईश्वर पोखरेल इसाई संयुक्त महासंघको खर्चमा फ्रान्स, जर्मनी, स्पेन, बेल्जियम लगायतका देश भ्रमण गरेका थिए ।

बहुसंख्यक हिन्दू धर्माबलम्बिहरुको आस्थामाथि ठेस पु¥याउँदै आएका इसाई एवं आफुलाई कुनै धर्म नमान्ने भन्ने कम्युनिष्ट बिचको साँठघाँठलाई नेपाली जनताले कुन रुपमा लिनेछन हेर्न बाँकी नै छ । जानकारीको लागि बताई दिउँ यिनै आयातित बिचारधाराको प्रभावमा परि बहुसंख्यक हिन्दू नेपाली जनताको भावना विपरित नेपाललाई धर्म निरपेक्ष बनाईएको भन्ने आरोप यि नेताहरुमाथि पटक–पटक लाग्दै आएको छ ।

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here