झापामा प्रहरीको गोली लागेर एकको मृत्यु, सात घाइते - Terai Today

Breaking

A Multilingual News Blog.

Post Top Ad

Post Top Ad

Friday, 27 October 2017

झापामा प्रहरीको गोली लागेर एकको मृत्यु, सात घाइते

कात्तिक १०,काठमाडौं : झापाको बिर्तामोडमा प्रहरीले चलाएको गोली लागेर एक जना प्रदर्शनकारीको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। मृत्यु हुनेमा अर्जुनधारा ११ का नरेश थापा रहेको प्रहरीले जनाएको छ। 


अर्जुनधाराका एक बालक हत्या विरोधमा शुक्रबार बिहानबाट स्थानीयले बिर्तामोडमा बिरोध प्रदर्शन गरेका थिए। प्रदर्शनले हिंसात्मक रुप लिएपछि प्रहरीले दिउँसो साढे एक बजेबाट निषेधाज्ञा जारी गरेको थियो। निषेधाज्ञाको उल्घंघन गर्दै स्थानीयले इलाका प्रहरी कार्यालयमा प्रदर्शन गरेपछि प्रहरीले गोली चलाएको जिल्ला प्रहरी प्रमुख एसपी विष्णुकुमार केसीले जानकारी दिए। प्रहरीले चलाएको गोली लागेर झापा बह्रदशीका, सुनिल थापा, मेचीनगर नगरपालिका ९ का अशोक बस्नेत, कन्काइ नगरपालिकाका नवराज कोइराला,अर्जुनधारा नगरपालिका–६ का पुण्यप्रसाद लुईटेल बिर्तामोडका देवनन्द राजवंशी, बिर्तामोडका वीरेन्द्र पौडेल र इलाम दानाबारीका मणि नेपाली रहेको जिल्ला प्रहरी कायार्नलय झापाले जनाएको छ। घाइतेमध्ये नेपाली र राजवंशीको अवस्था गम्भीर रहेको छ। 

घाइतेको जिल्लाका बिभिन्न अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले जारी गरेको निषेधाज्ञालाई लत्याउदै इलाका प्रहरी कार्यालय बिर्तामोडमा प्रदर्शनकारीले आक्रमण गरेपछि गोली चलाउनुपरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी विष्णुकुमार केसीले जानकारी दिए। उनले भने,‘हामीले घटनालाई साम्य पार्न कर्फ्यू लगाएका थियौँ तर यसको उल्लघंन गर्दै प्रदर्शनकारीले प्रहरी कार्यालयमा पेट्रोल बम प्रहार गरे। हामीले बाध्य भएर गोली चलाउनुपर्‍यो।’
source : http://www.thahakhabar.com

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here