धादिङ बस दुर्घटनामा मृतकको संख्या १९ पुग्यो - Terai Today

Breaking

A Multilingual News Blog.

Post Top Ad

Post Top Ad

Saturday, 28 October 2017

धादिङ बस दुर्घटनामा मृतकको संख्या १९ पुग्यो

काठमाडौं– धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडबाट त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या १९ पुगेको छ । घटनास्थलबाट ९ पुरुष र ७ महिला र ३बच्चाको शव फेला परेको प्रहरीले जनाएको छ ।


मृत्यु हुनेको सनाखत हुन सकेको छैन । बेपत्ताको खोजीकार्य जारी छ । बसमा कति यात्रु सवार थिए भन्ने यकिन भएको छैन ।

खचाखच यात्रु लिएर आएको बस गजुरी गाउँपालिकाअन्तर्गत घाटबेँसीको मोडबाट त्रिशूली नदीमा खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्णप्रसाद सापकोटाले बताए । दुर्घटनामा अरु १५ जना घाइते भएका छन् । उनीहरुको गजुरी अस्पताल र केहिलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । 

घाटबेँसीको बाङ्गेस्थित दुर्घटना भएको स्थानमा त्रिशूली नदी सडक किनार छेउमा आएको र बाटो घुमाउरो भएकाले रात्रि बसले धेरै गतिका कारण नियन्त्रणमा लिन नसकेर नदीमा परेको बताइएको छ । 

राजविराजबाट काठमाडौं आउँदै गरेको ना६ख १४६७ नम्बरको बसअाज बिहान त्रिशुलीमा खसेको हो ।
source :www.ratopati.com

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here