झापा गोलीकाण्डमा मारिएका थापाका परिवारलाई १० लाख दिने निर्णय - Terai Today

Breaking

A Multilingual News Blog.

Post Top Ad

Post Top Ad

Saturday, 28 October 2017

झापा गोलीकाण्डमा मारिएका थापाका परिवारलाई १० लाख दिने निर्णय

११ कार्तिक, झापा । झापा गोलीकाण्डमा मृत्यु भएका आन्दोलनकारी अर्जुनधारा-११ का नरेश थापाको परिवारलाई सरकारले राहत स्वरुप १० लाख रुपैयाँ दिने निर्णय भएको छ ।


शनिबार इलाका प्रहरी कार्यालय, अनारमनीमा बसेको राजनीतिक दल, प्रमुख जिल्ला अधिकारी र पीडित परिवारबीचको बैठकले यस्तो निर्णय गरेको हो ।

बिर्तामोड नगरपालिकाकी उपमेयर पवित्रा महतरा प्रसाईंले अनलाइनखबरलाई दिएको जानकारी अनुसार किरिया खर्च स्वरुप नगरपालिका र जिल्ला समन्वय समितिले २५/२५ हजार रुपैयाँ दिने समेत निर्णय भएको छ ।

साथै, मृतक परिवारको सन्तानलाई अध्ययनका लागि नगरपालिकाले खर्च व्यहोर्ने भएको छ ।

बैठकले अर्जुनधाराका ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको हत्याको विषयमा पीडित परिवारको माग अनुसार पुनः दुई दिन थप अनुसन्धान गर्ने निर्णय गरेको उनले बताइन् ।
- अनलाइन खबर डट कम मा समाचार छ 

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here