जनकपुरधाम, कार्तिक ८ । शुद्धता, सद्भाव र आस्थाको महापर्व छठ आज यहाँ श्रद्धा एवम् हर्षोल्लासपूर्वक मनाइँदै छ । श्रद्धालुहरु यहाँका इतिहासवर्णित सरोवर गङ्गासागर, धनुषसागर, रामसागर, रत्नसागर, विहारकुण्ड, रुक्मिणि सर, अरगजा, महाराजसागर र अग्निकुण्डलगायत कुण्ड, पोखरी र तलाउहरुमा यो पर्व हर्षोल्लासका साथ मनाइरहेका छन्
हिजो नुहाई खाई रहेको थियो । महिलाहरु पोखरीमा नुहाई धुवाई गरी पूजा शुरु गरिरहेका छन । यस अवसरमा हिजो पनि जनकपुरको प्रमुख पोखरीहरुमा नुहाउनेहरुको भीड लागेको थियो । चार दिवसीय छठको पहिलो दिन नुहाई खाई, दोस्रो दिन खरना, तेस्रोदिन अस्ताउदो सूर्यलाई अर्घ तथा चौथो दिन उदाउदो सूर्यलाई अर्घ दिएने परम्परा रहेको छ । छठमा केरा , भुसबा , ठकुवा , नारियल, उखु , मुला सहित विभिन्न फलफुल लिएर भक्तजनहरुले सूर्य लाई अर्घ दिने गर्छन । छठको पूजा पोखरी र नदीमा मात्र हुने गर्छ ।
सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धि र चर्मरोग निको हुने जनविश्वास अनुरूप पारस्परिक आत्मीयता र सद्भावको प्रतीक यो पर्व मनाइन्छ । यस पर्वमा धनी, गरिब एवं उचनीचको भेदभाव छाडेर सबै वर्ग र समुदाय एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजार्चनाका लागि उभिने गरेको पाइन्छ ।
यस पर्वका अवसरमा चमार जातिले ढोल बजाउने, मालीले फूल, बरहीले पानको पात, कुमालले माटाको भाँडा र डोमले बाँसका सामग्री पुर्याउने गरेका कारण पनि यस पर्वमा श्रम विभाजनको अत्यन्त वैज्ञानिकता देखिन्छ ।
No comments:
Post a Comment