सुन्दा अपत्यारिलो लाग्ने यो खबर शत प्रतिशत सत्य हो । केहि दिन पूर्व निधन भएको नाइजेरियाली नागरिक मुहम्मद बेलो अबुबकर १ सय ३० पत्नीका एक्लो श्रीमान थिए । कुनै बेला उनी मुस्लिम धर्मगुरु मौलवी समेत रहेका थिए। उनले १३० जना महिलासँग विवाह गरेका थिए।
आफूलाई विवाह गर्नका निम्ति अल्लाहले धर्तीमा पठाएको भनेर उनले बताउँदै आएका थिए। उनको मृत्यु भएपछि हजारौं मानिस उनको अन्तिम संस्कारमा उपस्थित भएका थिए। बेलोका निजी सहायक सलावुद्दिन बेलोले न्युज एजेन्सी अफ नाइजेरियालाई बेलो केही समयदेखि विरामी भएको जानकारी दिएका थिए । विरामी भए पनि उनको मृत्यु भने घरमै भएको थियो। अबुबकरले कुरानको आफ्नै ढंगले व्याख्या गर्ने गरेका थिए।
कुरानले आफूले चाहे जति विवाह गर्ने अनुमति दिएको उनको भनाइ थियो। दुःखविना जति श्रीमती पाल्न सकिन्छ त्यति विवाह गर्ने आफ्नो हक भएको उनको भनाइ थियो। अन्तिम समयमा उनले भनेका थिए 'अल्लाले मलाई जुन पुण्यकार्यका लागि धर्तीमा पठाउनु भएको थियो। त्यो काम पूरा भएको छ। अब खुदासँग मिल्न जाँदै छु।’
सन् २००८ मा त्यहाँका मुस्लिम धर्मगुरुहरूले बेलोका निकै आलोचना गरेका थिए। कैयौं मौलवीले उनलाई ४८ घण्टाभित्र जीवित ८६ श्रीमतीमध्ये ८४ जनालाई तलाक दिनुपर्ने आदेश दिएका थिए। त्यसको जवाफमा उनले विवाह गर्नु आफ्नो पवित्र लक्ष्य भएको बताउँदै आएका थिए। यसअघि नै बेलोका २०३ जना सन्तान थिए ।
No comments:
Post a Comment