बाँके, बर्दिया घटना दुर्भाग्यपूर्ण : नेजपा - Terai Today

Breaking

A Multilingual News Blog.

Post Top Ad

Post Top Ad

Tuesday, 3 October 2017

बाँके, बर्दिया घटना दुर्भाग्यपूर्ण : नेजपा

काठमाडौं । बाँके जिल्लाको डुँडुवा गाउँ पालिका तथा बर्दिया जिल्लाको लालपुर लगायतका क्षेत्रमा दुर्गा भगवती मुर्ती विसर्जनका क्रममा बिशेष सामुदायका तर्फबाट गराईएको घटना प्रति नेपाल जनता पार्टीले घोर आपत्ति जनाएको छ । पार्टी महासचिव खेमनाथ आचार्यले प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटना सनातन हिन्दु सँस्कृतिमाथिको ढाडो हस्तक्षेप रहेको बताएका छन ।
नेता आचार्यले कडा शब्दमा घटनाको निन्दा गर्दै हिन्दु बहुल देशमा हिन्दु धार्मिक महोत्सब माथि हिंसात्मक आक्रमण हुनु दुर्भायापूर्ण रहेको बताउदै घटनामा संलग्न आतंकी प्रवृतिका बिशेष सामुदायलाई अबिलम्ब कारबाहीका साथै घाईते परिवारलाई उचित क्षतिपुर्तिको व्यवस्था गरिनु पर्ने माग समेत गरेका छन ।

आईतबार राती गुलरिया नगरपालिका–११ लालपुरमा ताजिया विसर्जन गर्ने र मुर्ति विजर्सन गर्ने समुह विच बाटो प्रयोग गर्ने विषयमा झडप हुँदा ७ जना घाइते भएका थिए । सोहि विषयलाई लिएर आईतबार बेलुकी भएको झडप साम्य पार्न प्रहरीले १ राउन्ड अश्रुग्यास र २ राउन्ड हवाइ फायर समेत गरेको थियो ।

झडपका क्रममा भागदौड तथा कुटाकुट हुँदा स्थानीय ३२ वर्षीया सुन्धारा रैदास, ३ वर्षीया बालिका रीता रैदास, १९ वर्षीय विष्णु राड, ६० वर्षीय गुडाना रैदास, ४२ वर्षीय देवीराम रैदास, ४० वर्षीय जगतपाल राड र ३५ वर्षीय सुखराना राड घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको उपचार भैरहेको जनाइएको छ । 

Post Top Ad

Responsive Ads Here