बर्दियामा तनाव कायमै , अनिश्चित कालिन कर्फ्यु जारी - Terai Today

Breaking

A Multilingual News Blog.

Post Top Ad

Post Top Ad

Tuesday, 3 October 2017

बर्दियामा तनाव कायमै , अनिश्चित कालिन कर्फ्यु जारी

गुलरिया, बर्दिया ।
सदरमुकाम गुलरिया नगरपालिकाको लालपुर क्षेत्रमो अनिश्चित कालिन कफ्र्यू लगाइएको छ । आईतबार राती गुलरिया नगरपालिका–११ लालपुरमा ताजिया विसर्जन गर्ने र मुर्ति विजर्सन गर्ने समुह विच बाटो प्रयोग गर्ने विषयमा झडप हुँदा ७ जना घाइते भएका थिए । सोहि विषयलाई लिएर आईतबार बेलुकी भएको झडप साम्य पार्न प्रहरीले १ राउन्ड अश्रुग्यास र २ राउन्ड हवाइ फायर समेत गरेको थियो ।


सोमबार बिहान पनि झडप हुनसक्ने देखिएपछि सदरमुकाम गुलरियाको लालपुर आसपासको क्षेत्रमा अर्को सूचना नआए सम्मका लागि कफ्र्यू लगाईएको बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइले जानकारी दिए । स्थानिय प्रशासनले बिहान १० बजेबाट लालपुरदेखि ५ सय मिटर पू्र्व, पश्चिम, उत्तर र दक्षिण चारैतिर कफ्र्यु जारी गरेको छ । 

कफ्र्यू लगाईएपछि दशै मनाएर घर फर्किन थालेका तथा अत्यावस्यक कामका लागि आवत जावत गर्ने यात्रुहरु गुलरिया–नेपालगंज सडक खण्डमै अलपत्र परेका थिए । बर्दियाको गुलरिया नेपालगंज सडक खण्डमा यातायातका साधनहरुलाई प्रहीले स्कटिङ गरेर गन्तब्यमा पुर्याउन थालेको प्रहरी प्रमुख जनक भट्टराइले जानकारी दिए । आपसीरुपमा सदभाव कायम राख्न स्थानिय प्रसासनले सबैलाई आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी सहितको बार्ता टोलीमा बिबाद अघि नबढाएर आफ्ना पक्षलाई शान्त रहन आग्रह गर्न दुबै पक्ष सहमत भएपछी बिबाद टुंगीएको हो । दुबै पक्षको आग्रह अनुसार मंगलबार विहान सम्मका लागि कफ्र्यु जारी राखीएको बताईएको छ ।



आइतबार साँझ लालपुरमा ताजिया र मूर्ति विसर्जन गर्ने क्रममा सडकमा ठाउँ साँघुरो भएको विषयलाई लिएर दुई पक्षबीच झडप हुँदा स्थितिलाई सामान्य बनाउन प्रहरीद्वारा केही सेल अश्रुग्यास र हवाईफायर गर्नुपरेको थियो ।

झडपका क्रममा भागदौड तथा कुटाकुट हुँदा स्थानीय ३२ वर्षीया सुन्धारा रैदास, ३ वर्षीया बालिका रीता रैदास, १९ वर्षीय विष्णु राड, ६० वर्षीय गुडाना रैदास, ४२ वर्षीय देवीराम रैदास, ४० वर्षीय जगतपाल राड र ३५ वर्षीय सुखराना राड घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको उपचार भैरहेको जनाइएको छ । झडपका क्रममा दुवै समूहका व्यक्तिहरु घाइते भएका छन् । हाल गणेशपुर क्षेत्र लगायत घटनास्थलको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

सो घटनापछि दुई पक्षबीच पुनः झडप हुन सक्ने सम्भावना रहेकाले स्थितिलाई शान्तिपूर्ण बनाउन कर्फ्यु आदेश जारी गर्नुपरेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए । उनका अनुसार स्थिति साम्य नभएसम्म कर्फ्यु आदेश जारी रहनेछ ।

कर्फ्युका कारण गुलरिया नेपालगञ्ज सडक खण्डमा यातायातका साधन चल्न नसक्दा लामो तथा छोटो दुरीका हजारौँ यात्रुहरु बिच बाटोमै अलपत्र परेका छन ।

Post Top Ad

Responsive Ads Here