देशभर स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा हुने - Terai Today

Breaking

A Multilingual News Blog.

Post Top Ad

Post Top Ad

Thursday, 18 January 2018

देशभर स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा हुने

काठमाडौं । विद्यार्थीहरुलाई धर्म, संस्कृति, राष्ट्र, राष्ट्रियता तथा नैतिक शिक्षाको बारेमा जानकारी गराउने उद्धेश्यले हिन्दु स्वंयसेवक नेपालको आयोजनामा  देशका बिभिन्न शहरहरूमा  विवेकानन्द संस्कृति ज्ञान  परीक्षा–२०७४ हुने भएको छ ।
आधुनिक शिक्षा पद्धतिमा नैतिक शिक्षा दिने विषयहरुको अभाव रहेको हुँदा संघले प्रत्येक वर्ष  माघ मसान्तमा परिक्षा आयोजना गर्ने गर्दछ । संघले यस वर्ष  माघ ८ गते देखि फाल्गुन १५ गते सम्म देशका २७  जिल्लाहरूमा आयोजना गरिने संघका काठमाण्डौ सम्भाग प्रचारक मुकेश कुमारले  जानकारी दिनुभयो । परीक्षामा विद्यार्थीहरुलाई रजिष्ट्रेशन शुल्क वापत रु.१ सय लाग्ने र सो वापत विद्यार्थीहरुलाई एउटा पुस्तक, परीक्षामा सहभागी भएको प्रमाणपत्र एवं कार्यक्रम स्थलमा जलपान समेत गराइने वहाँले बताउनु भयो  ।
परीक्षामा कक्षा ६ देखि कक्षा १२ सम्मका विद्यार्थीहरु मात्र सहभागी हुन पाउने हिन्दु स्वंयसेवक संघ नेपाल भेरी  बिभागका बिभाग प्रचारक लक्ष्मन यादवले  बताए । परीक्षामा सफल हुने विद्यार्थीहरुलाई प्रथम , द्धितीय, तृतीय लगायत थप २० जनालाई समेत सान्त्वना पुरस्कार  प्रदान गरिने यादवले  जानकारी दिए । साथै पुरस्कारको  राशी स्थानीय आयोजक समितिहरुले तय गर्ने वहाँले बताउनु भयो  ।
यस किसिमको संस्कृति ज्ञान परीक्षा विगत ५ वर्ष देखि आयोजना  गर्दै आएको र यस वर्ष पनि आयोजना गर्न लागिएको आयोजकले जनाएका छन् ।

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here