चिसोबाट पीडित परिवारलाई सिरक वितरण - Terai Today

Breaking

A Multilingual News Blog.

Post Top Ad

Post Top Ad

Wednesday, 3 January 2018

चिसोबाट पीडित परिवारलाई सिरक वितरण

 सप्तरीमा आयोजित सिरक बितरण कार्यक्रम 
पौष १५, सोमबार । अलग–अलग कार्यक्रममा ३५० थान सिरक वितरण गरिएको छ । मारवाडी सेवा समिति नेपाल, काठमाण्डौको सहयोगमा जनकल्याण प्रतिष्ठान एकल विद्यालय अभियानले मोरङ्ग धनपालथान गाँउपालिका २ को धर्मपुर तथा जहदा गाँउपालिका ६ को पोखरियामा ५०/५० थान सिरक वितरण गरेको छ । कार्यक्रममा स्थानीय जनप्रतिनिधिका साथै विराटनगरबाट एकल अभियानका केन्द्रिय सदस्य भिखमचन्द सरल, पूर्व साँसद पवन शारदा, रंगेली नगरपालिकाका मेयर दिलिप बगडिया, एकल फाउण्डेशनका अंचल संयोजक भगवानदास राठी, विश्व हिन्दू परिषद नेपालको कोशी संयोजक तिलक प्रसाद रिजाल, मारवाडी सेवा समितिका अध्यक्ष मोहनलाल शर्माको उपस्थिति रहेको थियो ।

सोही दिन सप्तरीका एक सय परिवारलाई सिरक बाँडिएको छ । जिल्लाको बसबिट्टि, पातो, औरता, नौवापार, पिप्राही, कनकपट्टि, जोगिनिया, इनर्वा, कबिलासा, महनौरी, बिहारपुर, मलेठ लगायतका बाढीपीडित, विपन्न, असहाय, अपांग गरी १ सय परिवारलाई सिरक वितरण गरिएको हो । प्रतिपरिवार एकरएक थान सिरक वितरण गरेको एकल अभियान सगरमाथा अञ्चल संयोजक विन्दुलाल साहले जानकारी दिए । मारवाडी सेवा समितिबाट प्राप्त सिरक सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी नरबहादुर खड्का, एकल अभियानका केन्द्रीय अध्यक्ष ओमप्रकाश सर्राफ, एकल अभियान सगरमाथा अञ्चल संयोजक विन्दुलाल साह लगायतले वितरण गर्नुभएको थियो । 

सर्लाहीको चक्रघटा गाउपालिकाको बेल्ही ९ मा आयोजित सिरक बितरण कार्यक्रम 
त्यस्तै सोही दिन यता सर्लाहीको चक्रघटा गाउपालिकाको बेल्ही ९ मा पनि १०० थान सिरक वितरण गरिएको थियो । वितरण कार्यक्रममा मारवाडी सेवा समिति जनकपुरका पदाधिकारी, एकल अभियान जनकपुरका अधिकारी सहित गाउपालिका अध्यक्ष श्री विक्रम यादव लगायत एकल अभियानका स्थानीय कार्यकर्ताहरुको सहभागिता रहेको थियो । 

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here