सरकारलाई पत्तै नदिई शरणार्थीलाई पक्कि घर - Terai Today

Breaking

A Multilingual News Blog.

Post Top Ad

Post Top Ad

Monday, 18 December 2017

सरकारलाई पत्तै नदिई शरणार्थीलाई पक्कि घर

दमक : पुनर्वासका लागि तेस्रो देश जान नपाएका र नचाहेका करिब १० हजार भुटानी शरणार्थीलाई यहीँ बसोबास गराउने उद्देश्यले शरणार्थी आयोगलगायतका दातृ निकायले ‘आफूखुसी’ भौतिक संरचना निर्माण थालेका छन्।


उनीहरूको यस्तो पहलबारे न परराष्ट्र मन्त्रालय जानकार छ, न त गृह मन्त्रालयसँग नै कुनै समन्वय गरिएको छ। स्थानीय प्रशासन समेत बेखबर छ। शिविरभित्रै पक्की घरलगायत संरचना निर्माणको तयारी मात्रै गरिएको छैन कि, शरणार्थी बालबालिकाको स्थानीय तहमा जन्मदर्तासमेत लिन थालिएको खुलासा भएको छ।

९० को दशकमा पूर्वी नेपालका विभिन्न शिविरमा आश्रित १ लाख २० हजार भुटानी शरणार्थीमध्ये ९० प्रतिशतभन्दा बढी पुनर्वास कार्यक्रमअनुसार अमेरिका, अस्ट्रेलिया, नर्वे, क्यानडा, डेनमार्कलगायत तेस्रो मुलुक पुगिसकेका छन्।

‘विविध कारणले पुनर्वास कार्यक्रममा नगएका, शरणार्थी दर्तामा छुटेका अथवा जान नचाहेकालाई यहीं बसोबास गराउन खोजिएको छ,’ शिविर व्यवस्थापनमा सहयोगी एवं टिमाईस्थित शिविरका पूर्वसचिव युवराज साम्पाङ राईले भने, ‘शिविरभित्र पक्की घर निर्माण थालिएको छ, भुटानी शरणार्थीका छोराछोरीलाई जन्मदर्ता पनि गराइएको छ।

पक्की संरचना निर्माणका लागि शिविरभित्र इँटा, बालुवा, रड, कंक्रिटलगायत सामग्री धमाधम थुपारिँदैछ। दमकको बेलडाँगी र मोरङको शनिश्चरे शिविरमा गरी ५५६ वटा पक्की घर बनाउन लागिएको सूचना शिविरमा दिइएको छ।
कान्तिपुरबाट

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here