सुकुम्बासी बस्तीमा एकल विद्यालय - Terai Today

Breaking

A Multilingual News Blog.

Post Top Ad

Post Top Ad

Wednesday, 24 January 2018

सुकुम्बासी बस्तीमा एकल विद्यालय

माघ ८, काठमाण्डौ । काठमाण्डौ, शान्ति नगर गैरीगाउँ स्थित सुकुम्बासीमा एकल विद्यालय संचालनमा आउने भएको छ । जनकल्याण प्रतिष्ठान नेपालद्वारा संचालित एकल विद्यालय अभियान अन्तर्गत उक्त बस्तीमा विद्यालय संचालन गरिएको हो ।  प्रतिष्ठानले मुलुकका विभिन्न ग्रामिण क्षेत्रहरूमा  संचालन गर्दै आएको  One Teacher One School अर्थात एकल विद्यालय हाल शहरी क्षेत्रमा समेत संचालन गर्न लागेको हो । प्रतिष्ठानले देश भर २२०० भन्दा बढि एकल विद्यालय संचालन गर्दै आएको छ । निशुल्क रुपमा संचालन गरिदै आएको एकल  बिद्यालयमा  अध्ययन गर्ने विद्यार्थीहरुका लागि शैक्षिक सामग्रीहरु समेत प्रतिष्ठानले नै उपलब्ध गराउदै आएको छ 


बसन्त पञ्चमी अर्थात सरस्वती पूजाको विशेष अवसर पारी प्रतिष्ठानले सोही दिन विद्यालय उदघाटन कार्यक्रम राखेको थियो । शान्ति नगर, गैरीगाउँ  नमूना बस्ती स्थित न्यू भिजन यूवा क्लबको भवनमा कार्यक्रम आयोजना गरेको थियो । प्रतिष्ठानका राष्ट्रिय अध्यक्ष श्री बिनोद कुमार अग्रवालको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा बिशिष्ट अतिथि नेपालका चर्चित राष्ट्रिय कलाकार श्री सुनिल थापा, विश्व हिन्दू परिषद नेपालका अध्यक्ष तथा बरिष्ट कलाकार श्री टिका बहादुर पहारी, विहिप नेपालका प्रभारी मा.स्नेहपाल सिंह, प्रतिष्ठानका महासचिव श्री महावीर घिराईया, नगर महिला समिति काठमाण्डौका पदाधिकारी, न्यू भिजन युवा क्लबका प्रतिनिधि तथा स्थानियहरु समेतको उपस्थिति रहेको थियो ।


कार्यक्रममा बरिष्ट कलाकार सुनिल थापाले आफ्नो मन्तव्य राख्दै एकल अभियान देशका शिक्षाबाट बञ्चित रहेका समुदायमा शिक्षाको ज्योति बाल्ने कार्य गरेको भन्दै आफ्नो पुरा सहयोग र साथ अभियान सँग रहि रहने बताउनु भएको थियो । 


त्यस्तै कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष तथा प्रमुख अतिथि श्री विनोद कुमार अग्रवालले अभियानको संक्षिप्त परिचयात्मक भूमिका राख्दै एकल विद्यालय अभियान विगतमा देशको ग्रामिण क्षेत्रहरुमा मात्र संचालनमा रहदै पनि अब शहरी क्षेत्रहरुमा समेत संचालनमा आउने बताउनु भएको थियो साथै अभियानलाई चौतर्फी सहयोग गर्न अपिल गर्नु भएको थियो ।


No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here