बसन्त उत्सव मनाइयो - Terai Today

Breaking

A Multilingual News Blog.

Post Top Ad

Post Top Ad

Monday, 22 January 2018

बसन्त उत्सव मनाइयो

माघ ८, काठमाण्डौ । वसन्त पञ्चमी अर्थात् सरस्वती पुजा  धुमधामका साथ मनाईको छ ।  माघ ८ गते अर्थात माघ शुक्ल पक्षको पञ्चमी तिथिका दिन बसन्त पञ्चमीको नामले समेत चिनिने सो दिनलाई विद्याकि देवी माता सरस्वतीको पूजाअर्चना गरि मनाईने गरिन्छ । संगीत, कला, साहित्य र विद्याकी खानी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी स्तोत्र पाठ गरेमा पढ्न आउँछ भन्ने धार्मिक विश्वास छ । 


यता काठमाण्डौ, कालिकास्थान स्थित अमृतभोग कम्प्लेक्समा जनकल्याण प्रतिष्ठान नेपाल, नगर महिला समिति काठमाण्डौद्वारा भव्य कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा नगर महिला समिति, काठमाण्डौ तथा श्री हरि सत्सँग समितिद्वारा भजन सत्संग लगायतका साँस्कतिक कार्यक्रमहरू प्रस्तुत गरिएको थियो ।


कार्यक्रममा जनकल्याण प्रतिष्ठान नेपाल तथा विश्व हिन्दू परिषद् नेपालका प्रभारी मा.श्री स्नेहपाल सिंह ज्यू, विश्व हिन्दू परिषद् नेपालका राष्ट्रिय अध्यक्ष श्री टिका बहादूर पहारी, महासचिव श्री जितेन्द्र सिंह, जनकल्याण प्रतिष्ठान नेपालका अध्यक्ष श्री विनोद अग्रवाल, महासचिव श्री महावीर घिराईया, एकल विद्यालय अभियानका अभियान प्रमुख श्री विरेन्द्र बुढाथोकी, श्री हरिकथा योजना प्रमुख श्री लिला राज खनाल, नगर महिला समिति काठमाण्डौ कि अध्यक्ष श्रीमती बिमला अग्रवाल, सचिव सुनिता अग्रवाल, कोषाध्यक्ष रेखा घिराईया लगायत दुईसय भन्दा बढिको सहभागिता रहेको थियो । 


सो कार्यक्रममा नगर महिला समितिद्धारा संचालित माँ यशोदा योजना अन्तर्गत सहयोग गर्ने सहयोगीहरूलाई सम्मान पत्र समेत प्रदान गरिएको थियो । माँ यशोदा योजना अन्तर्गत देश भरमा १५०० ओटा सेवापात्रहरू रहेका छन । माँ यशोदा योजना अन्तर्गतबाट संकलित सहयोग राशी एकल विद्यालयका लागि खर्च गरिन्छ । सो कार्यक्रम माता सरस्वतीको आरती पश्चात समाप्त भएको थियो । साथै एकल विद्यालय अभियान अन्तर्गतका विद्यालयहरूमा समेत वसन्त पञ्चमीको अवसरमा कार्यक्रम आयोजना गरिएको थियो ।


No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here