धनगढी । प्रदेश नम्बर ७ को राजधानी डोटीको दीपायल हुनुपर्ने माग गर्दै जारी आन्दोलनका कारण सो क्षेत्रका सबै पहाडी जिल्लाको यातायात प्रभावित भएको छ । सुदूरपश्चिमका अधिकांश पहाडी जिल्ला डोटी हुँदै जानु पर्ने हुन्छ । आन्दोलनकारीले डोटीको जोरायल गाउँपालिकाको छतिवन बुडर बजारमा बन्द गरेसँगै पहाडी जिल्लाको यातायात ठप्प भएको हो ।
अस्थायी राजधानीको माग गर्दै साबिकको क्षेत्रीय सदरमुकाम दिपायल र जिल्ला सदरमुकाम सिलगढीमा बन्द जारी राखेका आन्दोलनकारीले पहाडी जिल्लाको मुख्य नाकाको रुपमा रहेको बुडरमा बन्द गरेपछि पहाडी जिल्लाको यातायात पुर्णरुपमा अबरुद्ध बनेको हो ।
पहाडी जिल्लाबाट बाहिर जाने र बाहिरबाट पहाडी जिल्लामा आउने यातायातका साधन बिचबाटोमा अलपत्र परेका छन् । सरकारले प्रदेश ७ को अस्थायी राजधानी कैलालीको धनगढीलाई तोकेपछि डोटीको आन्दोलन झन् चर्किएको हो ।
शान्तिपुर्ण माग गर्दा सरकार सुन्ने अबस्थामा नभएका कारण निर्णायक आन्दोलनका रुपमा बुडरमा बन्द सुरु गरेको त्यहाँको संघर्ष समितिका संयोजक दुर्गादत्त ओझाले बताएका छन् ।
शुक्रबार बिहानैदेखि बुडरमा सुरु भएको बन्दका कारण यात्रुहरु बिचबाटोमा अलपत्र परेको भन्दै हिजो बेलुका ७ बजेदेखि ९ बजेसम्म २ घण्टाका लागि बाटो खोलिएको भए पनि शुक्रबार रातीबाटै फेरि पूर्णरुपमा बोटा बन्द गरिएको छ । हिजो बेलुका कैलाली तथा कञ्चनपुरबाट आएका यात्रुहरु भने बिचबाटोमा अलपत्र परेका छन् ।
प्रेस र एम्बुलेन्स माथी पनि निगरानी
संर्घष समितिले प्रेस तथा एम्बुलेन्स लगाएतका सवारी साधन निर्बाद रुपमा चल्द दिने बताए पनि आन्दोलनकारीले प्रेस तथा एम्बुलेन्स माथि पनि निगरानी बढाएका छन् ।
आन्दोलनकारीले प्रेस लेखिएका गाडीमा पनि परिचय पत्र चेक गर्ने, नबिकरण मिति सकिए वा नसकिएको चेक गर्ने गरेका छन् । एम्बुलेन्समा बिरामी भए वा नभएको बिरामी रिफर गरिएको वा नगरिएको कहाँ गरिएको छ जस्ता कागजात हेरेर मात्र जान दिने गरेका छन् ।
सुरक्षा व्यवस्था उच्च
शुक्रबार सिलगढीमा प्रहरी र आन्दोलनकारी बिच झडप भएसँगै स्थानीय प्रशासनले उच्च सर्तकता अपनाएको छ । बिभिन्न जिल्लाबाट पनि नेपाल प्रहरी र शसस्त्र प्रहरी डोटीको सुरक्षाका लागि ल्याईएको छ ।
दिपायल र सिलगढीमा सुरक्षाका लागि दुई हजारको हारहारीमा सुरक्षाकर्मी परिचालन गरिएको छ । आन्दोलनकारीले प्रहरीलाई आक्रमण गरेको भन्दै स्थानीय प्रशासनले सुरक्षा ब्यवस्था कडा पारेको हो ।
No comments:
Post a Comment