फरार ‘सांसद’ दीपक मनाङे मनाङमै, खोजी हुँदैछ काठमाडौंमा - Terai Today

Breaking

A Multilingual News Blog.

Post Top Ad

Post Top Ad

Saturday, 20 January 2018

फरार ‘सांसद’ दीपक मनाङे मनाङमै, खोजी हुँदैछ काठमाडौंमा

काठमाडौं । प्रदेश नम्बर ४ को प्रदेशसभा निर्वाचनमा मनाङ प्रदेशसभा (ख) बाट चुनाव जितेर सांसद बनेका दीपक मनाङे भनिने राजिव गुरुङलाई प्रहरीले खोजी गरिरहेको बताएको छ । प्रहरीका अनुसार उनी फरार छन् ।


प्रहरीले उनको खोजीका लागि अनुसन्धान, जनपद लगायत विभिन्न टोली खटाएको बताएको छ । दीपक मनाङे स्वयं भने कहाँ छन् भन्ने मनाङमै रहेको बुझिएको छ । प्रदेशसभाको सांसदको रुपमा उनी सपथ ग्रहणका लागि मात्रै उपस्थित हुने तयारीमा रहेको बुझिएको छ ।

मनाङे आफू निकटस्थहरुसँग ‘राज्यले आफूलाई खेदिरहेको’ भन्दै त्यसबाट मुक्त रहन अनेक प्रयास गर्दैआएका थिए । चुनावपछिसम्म उनी मुद्धाबाट बच्ने तयारीमा थिए । तर पाटन २०६९ सालमा पाटन पुनरावेदन अदालतले उनीमाथि ‘ज्यान मार्ने उद्योग’ अन्तरगत जेल सजाय तोकेको थियो ।

यद्यपि गुपचुप राखिएको अदालतको उक्त फैसला गत माघ २ गते मात्रै मनाङेले सपथ लिनुअघि सार्वजनिक गरिएपछि मनाङे त्रसित भएका हुन् । अदालतको फैसला आएपछि उनी मनाङमै आफन्त र साथीभाइको साथमा रहँदैआएका छन् ।

काठमाडौंमा भने प्रहरीले उनलाई फरार भएको भन्दै खोजी कार्य तिब्र पारेको बताउँदैआएको छ । मनाङस्थित जिल्ला प्रशासन कार्यलयका अधिकारीले दिएको सुचना अनुसार जिल्ला प्रहरीले मनाङेको खोजीमा कुनै तिब्रता दिएको छैन । साथै अनुसन्धान टोली समेत उनको खोजीमा तिब्र नबनेको अधिकारीहरु बताउँछन् ।

‘मनाङे यता जिल्लातिरै छ, काठमाडौंमा खोजी भइरहेछ,’ एक अधिकारीले भने, ‘मनाङे कहाँ बस्छन् भन्ने कुरा प्रहरीले चाह्यो भने एक दिनमै पत्ता लगाउन सक्छ नी ।’ त्यसोत, अदालतको फैसला सार्वजनिक भएपछि ‘फरार’ भनेर तर्साउन खोजे पनि सपथ ग्रहणपछि मात्रै उनलाई पक्राउ गर्ने उच्च अधिकारीहरुबीच योजना भएको बुझिएको छ ।

मनाङबाट उनी प्रदेश नम्बर ४ को निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रुपमा जितेका थिए । नेकपा एमालेको उम्मेदवारको रुपमा उठेका उनी एमालेभित्र विवाद भएपछि एमालेका सांसदले उम्मेदवारी फिर्ता लिएपछि स्वतन्त्र उम्मेदवारकै रुपमा जितेका हुन् । कानुन अनुसार मनाङेले सपथ लिएपछि पनि जेल सजाय भुक्तान गर्नुपर्नेछ ।

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here