बारामा श्रीमान्–श्रीमतीको हत्या - Terai Today

Breaking

A Multilingual News Blog.

Post Top Ad

Post Top Ad

Saturday, 2 December 2017

बारामा श्रीमान्–श्रीमतीको हत्या

बारा, मंसिर १६ । जितपुर सिमरा उपमहानगरपालिका– ३ बजनीमा गाई फार्म सञ्चालक दम्पतीको हत्या भएको छ ।


सुवेदी गाई फार्मका सञ्चालक ३६ वर्षीय दीपक सुवेदी र उनकी श्रीमती ३२ वर्षीया दीपिका सुवेदीको हत्या भएको हो । शनिबार बिहान प्रहरीले सुवेदी दम्पत्तिको शव फेला पारेको हो ।

इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक भुवन भट्टका अनुसार दीपकको शव फार्म नजिकैको खेतमा तथा दीपिकाको शव फार्मभित्र फेला परेको हो । घटनास्थलमा हतौडा, छड र बाँसको चिरपट फेला परेको छ ।

गएराति नै सुवेदी दम्पत्तीको हत्या गरिएको हुनसक्ने अनुमान गरिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ । (रासस)

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here