जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु - Terai Today

Breaking

A Multilingual News Blog.

Post Top Ad

Post Top Ad

Saturday, 2 December 2017

जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु


मंसिर १६, २०७४ सुनसरी : बराह नगरपालिका–९ स्थित कोशी नदीपारि जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। बाख्रा चराउन ज‌ंगलमा गएका बेला जंगली हात्तीको आक्रमणबाट कोशीपारिकी ४० वर्षीया रुबी उरावको ज्यान गएको हो। 


शुक्रबार बिहानै जंगल गएकी उनी साँझ घर नफर्केपछि खोज्दै जाने क्रममा पट्टेर घारीमा मृत अवस्थामा फेला परेकी हुन्। घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीले जनाएको छ। हात्ती स्थानतरणका लागि पत्राचार दिनहुँजसो जंगली हात्तीले सर्वसाधारणलाई आक्रमण गर्न थालेपछि जिल्ला प्रशासन कार्यलय सुनसरीले हात्ती स्थान्तरणका लागि राष्ट्रिय वन्यजन्तु संरक्षण विभागलाई पत्रचार गरेको छ।

 स्थानीय जंगली हात्तीको आक्रमणबाट सुनसरीको कोशी गाउँपालिकाका गत सोमबार दुई महिलासहित शुक्रबार तीन जना महिलाको ज्यान गएपछि प्रशासनले पत्रचार गरी स्थानान्तरणको माग गरेको हो। जंगली हात्तीको आक्रमणबाट सोमबार कोशी गाउँपालिकाकी ५५ वर्षीया बेचनीदेवी सरदार र ४५ वर्षीया देवकीदेवी सरदारको ज्यान गएको थियो। 

हात्तीले आक्रमण गर्दा अर्की ६० वर्षीया विन्दादेवी सरदार गम्भीर घाइते भएकी थिइन्। हात्तीले विध्वंस मच्चाउनुका साथै स्थानीय बासिन्दाको ज्यान लिन थालेपछि सुनसरी प्रशासन कार्यालयले हात्ती स्थानान्तरणको माग गरेको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले जानकारी दिए। 

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here