जिल्ला अस्पताल गौरमा चरम भ्रष्ट्राचार, घूससहित हेल्थ असिस्टेन्ट पक्राउ - Terai Today

Breaking

A Multilingual News Blog.

Post Top Ad

Post Top Ad

Tuesday, 7 November 2017

जिल्ला अस्पताल गौरमा चरम भ्रष्ट्राचार, घूससहित हेल्थ असिस्टेन्ट पक्राउ


२१ कात्तिक, रौतहट । ठेकेदार सँग घूस मागेको भन्दै जिल्ला अस्पताल गौरका इमरजेन्सी इन्चार्ज प्रविण कुमार झालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाले पक्राउ गरेको छ । अख्तियारको क्षेत्रीय कार्यालय हेटौडाको टोलीले हेल्थ असिस्टेन्ट झालाई एक लाख रुपैयाँ नगदसहित पक्राउ गरेको हो ।

जिल्ला अस्पताल गौरमा मरम्मत तथा रंङ्गरोगनको ठेक्का लिएका एक ठेकेदारसँग झालेे रकम लिएका थिए ।जापनीज सँस्था कोइकाले समेतले लगानी गर्दै गरेको जिल्ला अस्पतालको स्तरोन्न्तीको कामको जिम्मा समेत उनै ठेकेदारले लिएका थिए ।

काम गर्ने क्रममा पटकपटक रकम मागेर हैरान बनाएको भन्दै ठेकेदारले अख्तियारलाई गुहारेका थिए ।इमरजेन्सी इन्चार्ज झालाई कार्यकक्षमै अख्तियारको टोलीले नगदसहित नियन्त्रणमा लिएको हो । यता इन्जार्च झाले भने आफूले ठेकेदारसँग सापटी रकम सापटी मागेको बताएका छन् ।

आफू जिल्ला अस्पतालको लेखा वा कार्यालय प्रमुख नभएकोले ठेकेदारले आफूलाई घूस दिनुपर्ने कुनै आवश्यक्ता नै नरहेको उनको तर्क छ । ठेकेदारले आफूलाई फसाएको समेत झाले बताएका छन् ।

पक्राउ परेका झालाई अख्तियारको टोलीले आवश्यक अनुसन्धानको लागि क्षेत्रीय कार्यालय हेटौडा लगेको छ ।
www.onlinekhabar.com मा खबर छ 

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here