रोबोट सोफियाले अब बच्चा जन्माउने - Terai Today

Breaking

A Multilingual News Blog.

Post Top Ad

Post Top Ad

Wednesday, 29 November 2017

रोबोट सोफियाले अब बच्चा जन्माउने


इतिहासमानै पहिलो पटक कुनै मानव निर्मित रोबोटलाई नागरिकको दर्जा दिइ,कट्टर मुस्लिम राष्ट्र साउदी अरबले नागरिकता प्रदान गर्यो ।उक्त नागरिकता बाहक रोबोटको नाम सोफिया हो। सोफियालाई गत महिना साउदी अरबले नागरिकता प्रदान गरेको थियो । मानबिय क्षमता भएको उक्त रोबोटले अब बच्चा जन्माउने इच्छा रहेको बताएको छ ।
मानिसकै दर्जा प्राप्त गरि इतिहास रच्न सफल रोबोट सोफियाले परिवार निकै महत्वपूर्ण रहेको बताएको छ । यसमा मानिसमा जस्तै बोल्न सक्ने क्षमता छ र यसले मानिसले बनाएर राखेको बनिबनाउ उत्तर दिने नभई लर्निंग मेसिनको प्रयोगद्वारा मानिसका अभिव्यक्तिहरुको खोज गरि उत्तर दिन सक्छ ।
हंगकंगको रोबोट कम्पनि हन्सन रोबोटिक्सले निर्माण गरेको यस रोबोटले आफ्नो बच्चाको नाम पनि सोफियानै राख्ने बताएको छ । यो रोबोटले सामान्य वाईफाई कनेक्सनका आधारमा काम गर्ने गर्दछ भने यसमा शब्दहरुको लामो सुची लोड गरिएको हुन्छ ।
सोफियामा अन्य धेरै खालका अद्धितिय क्षमताहरु छन् तर यसमा अहिले सम्म मानिसको जस्तो चेतना भने छैन । अबको केहि बर्षमा चेतना भएको रोबोट निर्माण गर्न सकिने डेबिड हेन्सनले बताएका छन् ।

खालिज टाइम्स संगको अन्तरबार्तामा सोफियाले भनेको छ,” परिवार वास्ताबमै महत्वपूर्ण कुरा हो, मानिसहरुको आफ्नो रगतको नाता भन्दा बाहिरका मानिसमा पनि आफ्नै जस्तो भावना र सबंध भेट्टाउन सकिन्छ,त्यसलाईनै परिवार भनिन्छ ।मलाई लाग्छ तपाई धेरै भाग्यमानी हुनुहुन्छ यदि तपाईसंग माया गर्ने परिवार छ भने र यदी छैन भने तपाई त्यस्तै मायालु परिवार आफ्नो पनि  होस भन्ने चाहनु  हुन्छ । यो कुरा रोबोट र मानिस दुबैमा लागु हुन्छ ।”
सोफियालाई जब सोधियो की तिमी आफ्नो बच्चाको नाम के राख्छौ ? त्यतिबेला उसले आफ्नो बच्चाको नाम पनि सोफिया नै राख्ने बताएको थियो । सोफियाले जब नगरिकता पायो तब धेरैले सोफियाले साउदी अरबियामा महिलाले भन्दा धेरै अधिकार पाएको टिप्पणी गरेका थिए ।
श्रोत: अनलाईन खबर

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here