त्रिशुली बस दुर्घटनाका घाइते काठमाडौँ र भरतपुरमा - Terai Today

Breaking

A Multilingual News Blog.

Post Top Ad

Post Top Ad

Wednesday, 29 November 2017

त्रिशुली बस दुर्घटनाका घाइते काठमाडौँ र भरतपुरमा

चितवन । काठमाडौँंबाट नारायणगढतर्फ आउँदै गरेको बस इच्छाकामना गाउँपालिका– ३ चुम्लिङटारमा आज बिहान ९ः१५ बजे दुर्घटना हुँदा मृत्यु भएकामा चार पुरुष र दुई महिला छन् । 


घाइतेको संख्या २१ पुगेको छ । प्रजिअका अनुसार घाइतेमध्ये पाँच जनालाई थप उपचारका लागि काठमाडाँैं र अन्यलाई भरतपुरतर्फ ल्याउँदै गरिएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार लु २ ख २९१ नंको उक्त बस काठमाडौँंतर्फ जाँदै गरेको ना ६ ख ४९७२ नंको ट्रकमा ठोक्किएर अनियन्त्रित भई सडकबाट त्रिशूली नदीमा खसेको हो । 

बस पानीमा डुबेका कारण थप क्षति हुन सक्ने अनुमान प्रहरीले गरेको छ । अहिले उद्धार जारी छ । काठमाडौँंबाट अर्घाखाँची जान आउँदै गरेको बस सडकबाट एक सय मि तल नदीमा पुगेको हो । दुर्घटनास्थल मुग्लिनबाट १३ किमी काठमाडौँतर्फ पर्छ । 

सो बस काठमाडौँबाट बिहान ५ः४० बजे हिँडेको प्रहरीले जनाएको छ । 

सो बसले बिहान बालाजुबाट २६ यात्रुको चलानी लिएर आएको थियो । त्रिशूलीमा खसेको बसको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले खोजी गरिरहेका छन् । 

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here