टेक्सासमा गोलीकाण्ड : २६ को मृत्यु, २० घाइते, गोली हान्ने पूर्व अमेरिकी सेना - Terai Today

Breaking

A Multilingual News Blog.

Post Top Ad

Post Top Ad

Monday, 6 November 2017

टेक्सासमा गोलीकाण्ड : २६ को मृत्यु, २० घाइते, गोली हान्ने पूर्व अमेरिकी सेना


टेक्सास । अमेरिकाको टेक्सास राज्यको सदरल्याण्ड स्प्रिङ्गस्थित एउटा चर्चमा भएको गोलीकाण्डमा कम्तिमा २६ जनाको मृत्यु भएको छ भने अन्य २० जनाभन्दा बढी घाइते भएका छन् ।

आइतबार विल्सन काउन्टीमा रहेको बाप्टिस्ट चर्चमा स्थानिय समय अनुसार ११ बजे बिहान उक्त घटना भएको थियो ।

अल जजिराका अनुसार गुडालुप काउन्टी सेरिफका सार्जेन्ट रोबर्ट मर्फीका अनुसार गोलीकाण्डका संदिग्ध हमलावरको मृत्यु भइसकेको छ । 

प्रहरी अधिकारीहरुका अनुसार गोलीकाण्डका संदिग्ध आफ्नै गाडीमा मृत्त फेला परेका थिए । उनी प्रहरी कारवाहीमा मारिएका हुन् वा आत्महत्या गरेका हुन् भन्ने कुरा खुलेको छैन ।

टेक्टसासका गर्भनर ग्रेग अबोटले घटनामा २६ जनाको मृत्यु भएको र मारिनेमा ५ देखि ७२ वर्ष उमेर समूहका रहेका छन् ।

प्रहरी अधिकारीका अनुसार २३ जनाको चर्चमा, दुई जना चर्च बाहिर र एक जनाको अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।

राज्यको इतिहासमा सबैभन्दा ठूलो गोलीकाण्ड

‘हाम्रो राज्यको इतिहासमा अहिलेसम्मकै ठूलो गोलिकाण्ड हो,’ अबोटले भने । 

प्रहरीका अनुसार संदिग्ध हमलावर कालो लुगा लगाएर एसल्ट राइफलसहित चर्च पुगेका थिए ।

एसियाको १२ दिने भ्रमणमा रहेका राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई ‘भयानक आक्रमण’ को संज्ञा दिएका छन् ।

अमेरिकामा यस वर्ष १,४९५ वटा गोलीकाण्डका घटना घटिसकेका छन् ।

हमलावर पूर्व अमेरिकी सेना

संदिग्ध हमलावर २६ वर्षीय पूर्व अमेरिकी सेना र बाइबलका शिक्षक डेभिन प्याट्रिक केली रहेको डेली मेलले जनाएको छ ।

उनी अमेरिकी एयरफोर्सबाट आफ्नो पत्नी र बच्चालाई कुटेको आरोपमा त्यहाँबाट निकालिएका थिए ।

उनी सान एन्टोनियोको न्यु ब्राउनफेल्सका बासिन्दा रहेको बताइएको छ । उनले हालै मात्र फेसबुकमा एआर – १५ राइफलको राखेका थिए ।

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here