काठमाण्डौ । जनकल्याण प्रतिष्ठान नेपालद्वारा संचालित एकल विद्यालय अभियानको गतिविधि विभागको पाँच दिवसीय राष्ट्रस्तरिय नैपूण्य (प्रशिक्षण) वर्गको आयोजना हुन गईरहेको छ ।
सप्तरी जिल्ला, शम्भूनाथ नगरपालिकाको कठौनामा वर्ग आयोजना हुन गई रहेको छ । वर्ग कार्तिक २९ गते बुधबार देखि शुरु भई मंसिर ३ गते आइतवार सम्म चल्ने जनाईएको छ । वर्गमा देशभरिबाट करिब तिन दर्जन प्रशिक्षार्थीको सहभागिता रहने विभागका राष्ट्रिय प्रमुख अमरेन्द्र ठाकुरले जानकारी दिनुभयो ।
वर्गमा अभियान अन्तर्गतका आरोग्य, ग्राम विकास एवं स्वाभिमान जागरणको विषयमा केन्द्रित रही प्रशिक्षण दिईने बताईएको छ । आरोग्य योजना अन्तर्गत विशेष गरी स्वस्थ रहनका लागि आवश्यक जनचेतनामूलक तथा स्थानीय स्तरमा पाईने जडिबुटीको उपयोगबारे जानकारी गराईन्छ, त्यस्तै ग्राम विकास योजना अन्तर्गत गौ महिमा, जैविक खेति, पोषण वाटिका निर्माण तथा लघु उद्योगबारे प्रशिक्षण दिइन्छ साथै स्वाभिमान जागरण योजना अन्तर्गत राष्ट्रहितका लागि अति महत्वपूर्ण मानिने धर्म संस्कृति, भेषभूषा, भाषा, आदिको रक्षाका लागि युवाशक्ति, मातृशक्तिलाई जागृत गराउन प्रशिक्षण दिईने गरिन्छ ।
यस प्रकारको यो प्रथम वर्ग आयोजना हुन गईरहेका तथा आगामी बर्षहरुमा समेत आयोजना गरिने विभाग प्रमुख अमरेन्द्र ठाकुरले बताउनु भयो । जनकल्याण प्रतिष्ठान नेपालद्वारा संचालित एकल विद्यालय अभियानले विगत २२ वर्ष देखि देशभरिमा २१३९(हाल) ओटा विद्यालय चलाउँदै आएको छ ।
No comments:
Post a Comment