मंसिर ३- सेनाको बम डिस्पोजल टोलीले सदरमुकामको पुछार बजारस्थित भाडामा रहेको जिल्ला निर्वाचन कार्यालयमा रहेको सकेट बम निष्क्रिय गरेको छ । निष्क्रिय पार्दा बमको ठूलो आवाज आएको थियो ।
सदरमुकामको पुछार बजारस्थित भाडामा रहेको जिल्ला निर्वाचन कार्यालयमा सकेट बम जस्तो देखिने १ फिट लामो शंकास्पद वस्तु फेला परेको छ । शंकास्पद वस्तु निस्क्रिय गर्न गजुरीस्थित नेपाली सेनाको टोली खटिएको छ ।
आइतबार बिहान स्थानीय जानकी ढकालले थाहा पाएकी थिइन् । ढकालले झोलामा तार र ४८ भोल्टका ब्याट्री देखेपछि कर्मचारीलाई खबर गरेकी र त्यसपछि प्रहरीलाई सूचना दिइएको थिइयो ।
No comments:
Post a Comment