रसुवाको रसुवागढी नाकाबाट आज विहान १७ किलो सुन बरामद भएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी प्रमुख सहितको टोलीले बोलेरो जिपबाट सो परिमाणको सुन बरामद गरेको हो ।
विशेष सुराकी पाएपछि आज बिहान रसुवागढी नाकाबाट बा ११ च ७९१८ नम्बरको बोलेरो जिपबाट सुन बरामद गरेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख शरतकुमार थापा क्षेत्रीले बताउनुभयो । विषेश सुराकीका आधारमा प्रहरीले जिपमाथि निगरानी बढाई जाँच गर्दा सो परिणामको सुन फेला परेको हो । जिपमा छुर्पी २ बोरा, न्यापकिन र ट्वाइलेट पेपर ल्याइएको थियो ।
जिप जाँचका क्रममा त्यही सामान भित्र लुकाएर राखिएको १७ किलो सुन भेटिएको हो । जिप चालक पार्वतीकुण्ड गाउपालिका ५ का ३१ वर्षीय कर्साङ दावा तामाङलाई पनि नियन्त्रणमा लिइएको छ ।
नाकामा अहिले अन्य सवारीसाधनमाथि पनि निगरानी बढाईएको प्रहरी प्रमुख थापाले बताउनुभयो । घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।
No comments:
Post a Comment