काठमाडौं । नेपाली कांग्रेसले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी भएको बम आक्राणको भत्र्सना गरेको छ ।
काँग्रेसले विज्ञप्ति निकालेर घटनाको विरोध गर्दै पार्टी र लोकतन्त्रप्रतिको उर्लदो अपार जनलहरबाट अतालिएर दिनानुदिन नेपाली कांग्रेसका नेताहरुलाई लक्षित गरी लोकतन्त्रलाई नै समाप्त पार्ने ढंगले आपराधिक मानसिकता बोकेका सुनियोजित समूहद्वारा बारम्बार यस प्रकारका घटनाहरु घटिरहनु अत्यन्त दुःखद विषय भएको बताएको छ।
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको नै हत्या गर्ने मनसायले गरिएको पार्टीले आरोप लगाएको छ ।
‘यस प्रकारको घृणित क्रियाकलाप र आक्रमणप्रति नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस घटनाले शान्तिपूर्ण एवं निर्वाध रुपमा निर्वाचनका कार्यक्रम गर्न पाउने नागरिकको नैसर्गिक अघिकार माथि ठाडो उल्लंघन गरेको छ र लोकतान्त्रिक संस्कार र संस्कृतिको उपहास गर्न खोजिएको छ ।’
विज्ञप्ति जारी गर्दै पार्टीले भनेको छ, ‘जुनसुकै समूहले यस्ता आपराधिक घटना घटाएको भएता पनि नेपाली कांग्रेसका नेता, कार्यकर्ता, शुभेच्छुक, नेपाली कांग्रेसलाई अगाध माया गर्ने आम मतदाता यस घटनाबाट रत्तिभर विचलित हुने छैनन् ।’
यस प्रकारका आपराधिक घटनाहरु पुनः नदोहोर्याउन नेपाली कांग्रेसले चेतावनी दिएको छ ।
No comments:
Post a Comment