कैलाली बस दुर्घटनामा ३ काे मृत्यु, ३२ घाइते - Terai Today

Breaking

A Multilingual News Blog.

Post Top Ad

Post Top Ad

Sunday, 12 November 2017

कैलाली बस दुर्घटनामा ३ काे मृत्यु, ३२ घाइते


२६ कात्तिक, काठमाडौं । बैतडीको मेलौलीबाट भीमदत्तनगर आउँदै गरेको यात्रुबाहक बस कैलालीको चुरे गाउँपालिका-३ धपेनी भन्ने ठाउँमा आइतबार बिहान दुर्घटना हुँदा  ३ जनाकाे ज्यान गएकाे छ भने ३२ जना घाइते भएका छन् ।
मृतक तीनै जना महिला हुन् । प्रहरीका अनुसार,  मृतक ३ जनामध्ये शिवनाथ नगरपालिका, बैतडीकी ६४ वर्षीय भुन्टीदेवी चन्दको मात्रै पहिचान खुलेको छ ।

दुर्घटनाका घाइते ३२ मध्ये ५ जनाको अवस्था गम्भीर छ । प्रहरीका अनुसार, गम्भीर घाइते २ जनालाई थप उपचारका लागि भारतको हलद्वानी लगिएको छ भने बाँकीको पद्मा अस्पताल अत्तरियामा उपचार भइरहेको छ ।
अत्तरिया-डडेल्धुरा भीमदत्तमार्गको धपेनी, सहजपुर नजिकै पवनदूत यातायातको ना ७ख २७२३ नंको बस सडकबाट करिब ६० मिटर तल खसेर अाइतबार बिहान दुर्घटना भएकाे थियाे ।

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here