प्रगतिशील लेखक संघका तीन जना पक्राउ - Terai Today

Breaking

A Multilingual News Blog.

Post Top Ad

Post Top Ad

Saturday, 18 November 2017

प्रगतिशील लेखक संघका तीन जना पक्राउ

काठमाण्डौ — प्रहरीले प्रगतिशील लेखक संघ (प्रलेस) का उपाध्यक्ष खेम थपलियासहित तीन जनालाई शुक्रबार गिरफ्तार गरेको छ।

प्रलेसको मासिक परिसंवाद कार्यक्रमबाट फर्कने क्रममा बागबजारबाट साँझ थपलियालाई नियन्त्रणमा लिई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ।


थपलिया ‘हाम्रो जलजला’ मासिकका सम्पादक पनि हुन।

प्रलेसका अध्यक्ष मातृका पोखरेल र महासचिव आरएम डंगोलले विज्ञप्ति जारी गरी विनाकारण लेखकलाई नियन्त्रणमा लिइनु लेखकीय स्वतन्त्रताविपरीत भएको जनाउँदै तिनलाई तत्काल रिहा गर्न माग गरिएको छ।

थपलियासँगै गिरफ्तार गरिएका साहित्यकार वैरागी जेठा र अच्युत तिवारीलाई दुई घण्टापछि प्रलेसका महासचिव डंगोल र अनेरास्ववियु (क्रान्तिकारी)का महासचिव उत्तम अधिकारीको रोहवरमा रिहा गरिएको छ।

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here