उपेन्द्र यादव एक्लै चुनाव लड्ने - Terai Today

Breaking

A Multilingual News Blog.

Post Top Ad

Post Top Ad

Tuesday, 3 October 2017

उपेन्द्र यादव एक्लै चुनाव लड्ने

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले निर्वाचनमा तालमेल नभए एक्लै निर्वाचन लड्न पार्टी सक्षम रहेको बताएका छन् । संघीयता र परिवर्तन पक्षधरसँग निर्वाचनमा तालमेल गर्नका लागि तयार रहेको तर त्यस्तो हुन नसके एक्लै लड्न पनि अभ्यस्त भइसकेको उनले बताए । राष्ट्रिय जनता पार्टी(राजपा) नेपालका नेताहरूले समाजवादी फोरमसँग निर्वाचनमा तालमेल गरेर जानुपर्ने धारणा राखिरहेका बेला यादवको यस्तो भनाई आएको हो।


‘राजपा मात्रै होइन यो संविधानको परिवर्तन,परिमार्जन र संशोधन गर्नुपर्छ भन्नेहरू सबैसँग हामी तालमेल गर्न तयार छौँ।’ यादवले सेतोपाटीसँग भने,‘परिवर्तनका लागि मधेश विद्रोहको नेतृत्व गरेको पार्टी भएकोले फोरम आफैँ सक्षम छ।’राजपाले निर्वाचनका लागि तालमेल गर्ने हो भने विगतमा उसले गरेको निर्णयको जवाफ दिनुपर्ने यादवले बताए ।

‘राजपाले कसरी फोरमसँग तालमेल गर्छु भनेको छ । हामीलाई त राजपाले गद्दार,बेइमानी,धोकेबाज सबैथोक भनेको छ।’ उनले भने,‘मधेशी मोर्चा र संघीय गठबन्धन विघटन गरेको राजपाले कसरी पुष्टी गर्छ।’

राजपाले फोरम विरुद्द अनेक गतिविधि गरेपनि फोरमले राजपाका विरुद्द केही नगरेको उनले बताए । ‘मैले त उहाँहरूलाई पहिलो चरणकै निर्वाचनमा मिलेर जाऔं भनेको थिए। दोस्रो चरणको निर्वाचनमा पनि आउनुभएन।’ उनले भने,‘कसको प्रेरणाले तेस्रो चरणको निर्वाचनमा भाग लिनुभयो? सुरूदेखि मिलेर गएको भए नतिजा अर्कै आउने थियो।’

निर्वाचनको तालमेलका लागि राजपासँग अहिलेसम्म कुनै पनि छलफल नभएको उनले बताए ।आफू भर्खरै काठमाडौं आएकोले यसबारेमा अब कुरा गरिने यादवले बताए । राजपाका नेताहरूले भने समाजवादी फोरमसँग तालमेलका लागि अनौपचारिक छलफल भइरहेको दाबी गरेका छन् ।

आफ्नो पार्टी विगतदेखि नै बलियो शक्तिको रुपमा रहेको भन्दै उनले तेस्रो चरणको निर्वाचनले यसलाई पुष्टी गरेको बताए । ‘हामी पहिला पनि बलियो शक्ति हो । बीचमा केही‘टुरिष्ट’र अवसरवादी नेताहरूले पार्टीलाई पैसा र पदका लागि भत्काएका थिए।’ उनले भने,‘हामीले पार्टीलाई फेरी ‘रिकभर’ गरेर आएका छौँ।’

निर्वाचनका लागि आफूले अहिलेसम्म कुनै पनि क्षेत्र नरोजेको उनले बताए ।‘हामीले अहिले संगठन र नेतृत्वलाई चुस्त दुरुस्त पार्ने काम गरिरहेका छौँ । चुनावको सामना गर्ने तयारी गरेका छौँ।’ उनले भने,‘निर्वाचनमा कुन क्षेत्रबाट लड्ने भनेर निर्णय हुन बाँकी नै छ।’अध्यक्ष यादव यसअघिका दुई निर्वाचनमा सुनसरी र मोरङबाट लड्दै आएका थिए ।

पहिलो संविधानसभाको निर्वाचनमा मोरङ र सुनसरी दुवैबाट विजयी भएपनि दोस्रो चरणको निर्वाचनमा सुनसरीबाट मात्रै निर्वाचित भएका थिए। यो निर्वाचनमा यादवको सुनसरीसँगै सप्तरी र पर्सामध्ये एक ठाउँबाट निर्वाचन लड्ने चर्चा छ ।

संविधनाको नयाँ प्रावधान अनुसार एउटा मात्रै निर्वाचन क्षेत्र रोज्नुपर्ने हुन्छ ।

Post Top Ad

Responsive Ads Here