मलेसियामा बस दुर्घटनामा परि दुई नेपाली घाइते ! - Terai Today

Breaking

A Multilingual News Blog.

Post Top Ad

Post Top Ad

Thursday, 26 October 2017

मलेसियामा बस दुर्घटनामा परि दुई नेपाली घाइते !

मलेसिया,कार्तिक ८ : मलेसियाको पेनाङ सहरस्थित सोनी कम्पनीको बस मंगलबार बिहान दुर्घटना हुँदा ८ जना इन्डोनेसियनको मृत्यु हुनुका साथै २ नेपाली गम्भिर घाइते भएका छन् । कामदार सवार सो बस एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो । 



बस बिहान करिब साढे ६ बजेतिर दुर्घटनामा परेको थियोे । दुर्घटनामा अन्य ३३ जना कामदार गम्भिर घाइते भएका छन् । सोही कम्पनीमा कार्यरत नेपाली र इण्डोनेसियन कामदार बोकेको बस एक आपसमा ठोक्किएको थियो । घटनामा ८ जना इन्डोनेसियन कामदारको मृत्युु भएको छ । 

अन्य ३३ जना सामान्य घाइते र १८ जना भने गम्भीर घाइते भएका छन् । घाइते भएका श्रमिकहरुको सिविराङजया हस्पिटलमा उपचार भइरहेको छ । दुर्घटनामा परेका २ नेपाली कामदारको अवस्था अहिले खतरामुक्त रहेको श्रवण लुंगेली मगरले जानकारी दिएका छन् । अत्यधिक गतिमा सवारी चलाइएपछि नियन्त्रण बाहिर भई दुर्घटना भएको अनुमान गरिएको छ ।
-कारोबार डेली डट कम मा खबर छ 

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here