रामायण सर्किट परियोजनाको अंतरराष्ट्रीय सम्मेलन जनकपुरधाममा ! - Terai Today

Breaking

A Multilingual News Blog.

Post Top Ad

Post Top Ad

Tuesday, 24 October 2017

रामायण सर्किट परियोजनाको अंतरराष्ट्रीय सम्मेलन जनकपुरधाममा !

काठमाण्डौ । भारत सरकारको रामायण सर्किट योजना अन्तर्गत जनकपुरबाट मिथिला–अवध बिचको सांस्कृतिक सम्बन्धलाई सुदृढ पार्ने कार्यक्रम शुरू गरिदैं  छ । अयोध्या शोध संस्थानका निर्देशक डा. वाई पी सिंहका अनुसार ३ नोभेम्बर २०१७ अर्थात कार्तिक १७ का दिन  जनकपुरमा  अंतरराष्ट्रीय का‘न्फ्रेंस आयोजना गरिने भएको छ, जसमा विश्व हिंदू परिषद (वीएचपी) का नेता, अन्य विद्वान तथा नेपालका  सांस्कृतिककर्मीहरु संलग्न रहेका  छन ।



यस कार्यक्रमको माध्यमले भगवान श्रीरामको मिथिला सँग रहेको सम्बन्ध सरह नै दुबै देश बिच सुमधुर सम्बन्ध कायम गर्नु रहेको उहाँले बताउनु भयो । दुई दिन चल्ने यस का‘न्फ्रेंस को आयोजन  मिथिला अवध कल्चरल प्रीजर्वेशन काउंसिलले गर्दै छ । डा. सिंहले भन्नु भयो “जनकपुर जानकी माताको माइती थियो । रामायण सर्किट योजना अन्तर्गत भगवान राम सँग सम्बन्धित सबै स्थानहरुलाई समाबेश गरिएको हो । अयोध्या र जनकपुर बिच रहेको धार्मिक तथा साँस्कृतिक सम्बन्धका माध्यमले नेपाल भारत बिचको सम्बन्ध समेत बलियो बनाईने प्रयास गरिने छ” । यस अंतरराष्ट्रीय का‘न्फ्रेंस मा नेपाल र भारतका प्रमुख ब्यूरोक्रेट, पत्रकार, राजनेता, बुद्धिजीवी तथा विश्व हिन्दू परिषदका अधिकारीहरु समेतको उपस्थिति रहने बताईएको छ । 
दुई दिवसीय कार्यक्रममा लेक्चर पेपर प्रस्तुत गरिने छ ।

डा‘. सिंह का अनुसार  दुई दिनसम्म चल्ने यस का‘न्फ्रेंसमा दुबै देशको सांस्कृतिक सम्पदामाथि पेपर प्रस्तुत गरिनेछ । साथै  “दुबै देशको पर्यटन क्षेत्रमा रामायण सर्किट योजनाले पु¥याउने योगदान” बिषयमा बिचार विमर्श, जानकी मार्गको निर्माण गरी अयोध्या र जनकपुर बिच सीधा सम्पर्क, अयोध्या– जनकपुर बिच सामाजिक, धार्मिक एवं सांस्कृतिक सम्बन्ध बलियो बनाउने प्रयास आदि बिषयहरुमा समेत चर्चा गरिने छ ।

के हो रामायण सर्किट ?

यस परियोजनाको प्रथमका चरण लागि भारत सरकारले  २४५ करोड़ भारतीय रूपैया अयोध्या को लागि प्रस्ताव गरेको छ । यस बाहेक चित्रकूट र श्रृंगवेरपुर बिचको ११ स्थानहरुका लागि अलग बजेट प्रस्ताव गरेको छ । ति सबै महत्वपूर्ण धार्मिक स्थलहरुलाई पर्यटन का दृष्टिले विकसित गरिनेछ, जहाँ–जहाँ भगवान श्रीरामले वनवासका क्रममा जानुभएको थियो । 

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here