काठमाडौं । हिन्दु र मुस्लिम समुदायबीच बर्दिया र बाँकेका अलग अलग भागमा झडप भएको छ । बाँके डुँडुवा गाउँ पालिका स्थित बल्दीपुर्वामा आइतबार बेलुकी झडप भएको हो । दुर्गा विसर्जन गर्न गएका हिन्दू धर्मावलम्बी र ताजिया दहनका लागि गएका मुस्लिम समूहबीच आइतबार झडप भएको थियो । झडपमा बिशेष समुदायको तलबार प्रहारबाट केही स्थानीय गम्भिर घाइते भएको जनाईको छ । घटनाबारे बिस्तृत विवरण आउन बाकी नै छ ।
त्यस्तै बर्दियाको लालपुरमा समेत झडप भएको छ, लालपुरमा पनि दुर्गा विसर्जन एवं ताजिया दहन आमने सामने आए पछि झडप भएको हो ।स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाई फायर गरेकोे जनाएको छ । तनावलाई बढ्न नदिन प्रशासनले अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरेको छ ।