असोज ६, काठमाण्डौ । एकल विद्यालय फाउण्डेशन अफ नेपालको राष्ट्रिय च्याप्टर गठन भएको छ । फाउण्डेशनले बिहीबार काठमाण्डौ कालिकास्थान स्थित अमृतभोग कम्प्लेक्समा च्यापटर गठन कार्यक्रम राखेको थियो ।
कार्यक्रममा मुख्य अतिथि चौधरी ग्रुपका अध्यक्ष डा. विनोद कुमार चौधरी, विशिष्ठ अतिथिगण एकल अभियानका अन्तर्राष्ट्रिय अध्यक्ष मा. श्याम जी गुप्त, अभियान भारतका अध्यक्ष श्री बजरंगलाल बागडा सहित एकल विद्यालय फाउण्डेशन अफ नेपालका अध्यक्ष श्री महावीर घिराईया, सचिव श्री सुनिल कुमार अग्रवाल, एकल संस्थान, भारतका अध्यक्ष श्रीमती मञ्जु जी लगायत स्थानीय सहयोगकर्ताहरुका साथ–साथै विश्व हिन्दु परिषदका नेपाल प्रभारी श्री स्नेहपाल सिंह, हिन्दु स्वयंसेवक संघ नेपालका सह–राष्ट्रिय प्रचारक मा.रेवित कुमार जी, प्राज्ञिक विद्यार्थी परिषदका संगठन मंत्री श्री नारायण ढकाल समेतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रथम, दोश्रो एवं महिला च्याप्टर गरि तिन च्याप्टर गठन गरिएको हो । प्रथम च्याप्टरका अध्यक्षमा श्री नारायण बजाज, दोश्रो च्याप्टरका अध्यक्षमा श्री अनिल टिब्रा तथा महिला च्याप्टरका अध्यक्षको दायित्व श्रीमती सुधा धनावतलाई दिईएको जानकारी प्राप्त भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दैै मा.श्याम जी गुप्तले समाजमा भौतिक उन्नतिका साथै नैतिक उन्नति समेत भए मात्र राष्ट्र, धर्म, समाजको विकास हुने बताउनु भयो ।
मन्तव्य कै क्रममा डा. विनोद कुमार चौधरीले एकल विद्यालय अभियानले राष्ट्र, धर्म, समाजलाई संस्कारित बनाउने पुण्य कार्यमा लागेकाले सबैले मिलीजुलि अभियानलाई तिव्रता दिई घर–घरमा पु¥याउनु पर्नेमा जोड दिनु भयो ।