विश्व हिन्दु परिषद नेपालद्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न - Terai Today

Breaking

A Multilingual News Blog.

Post Top Ad

Post Top Ad

Thursday, 28 September 2017

विश्व हिन्दु परिषद नेपालद्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

बिराटनगर, १२ असोज । विश्व हिन्दू परिषद नेपालले विजया दशमी, शुभ दिपाबली तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
परिषदले असोज ११ गते बुधबार बेलुका  बिराटनगर, स्थित राधाकृष्ण मन्दिर प्रांगनमा आयोजना गरेको सो कार्यक्रममा प्रमुख अतिथि विहिपका नेपाल प्रभारी मा. स्नेहपाल सिंह, विशिष्ट अतिथि जगत गुरु बाल सन्त मोहन शरण दास बैष्णव एवं स्वामी अच्यूत जी महाराज, समाजसेवी श्री भिखमचन्द सरल लगायत स्थानीय कार्यकर्ता हरु समेत उपस्थित रहनुभएको थियो । 


कार्यक्रममा शुभकामना आदान–प्रदान पश्चात विहिपको अंचल एवं जिल्ला समिति समेत गठन गरिएको जनाईएको छ ।

त्यस्तै सोहि दिन बिहान राजबिराज स्थित जेसिस भवनमा समेत कार्यक्रम आयोजना गरिएको थियो । जनकल्याण प्रतिष्ठान सगरमाथा अंचल संयोजक श्री विन्दुलाल साहको अध्यक्षता एवं विहिपका नेपाल प्रभारी मा.स्नेहपाल सिंहको प्रमुख आतिथ्यमा  सम्पन्न कार्यक्रममा हिन्दू धर्मवालम्बीहरुले मनाउने बिभिन्न चाँडपर्व तथा नेपाललाई पुनः हिन्दू राष्ट्र कायम गराउने बारे बिशेष छलफल गरिएको थियो । कार्यक्रममा विशिष्ठ अतिथि प्रमुख जिल्ला अधिकारी, हिन्दु स्वयंसेवक संघ नेपालका केन्द्रिय सदस्य श्री भोगेन्द्र झा लगायत स्थानीय समाजसेवी, बुद्धिजिवी, युवा, विद्यार्थी पत्रकार समेतको गरि करिब पाँच दर्जन भन्दा बढिको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन हिन्दु युवा परिषदका जिल्ला अध्यक्ष श्री जंग बहादुर सिंहले गर्नुभएको थियो ।

Post Top Ad

Responsive Ads Here